dashain
Monday, 15 October 2018 05:09 pm, Nepal

रेकर्ड तोड्न गएका शैलेन्द्रको निधन

मेचीकाली : 2011-05-09 19:57:40


सोलुखुम्बु, २६ वैशाख : सगरमाथा आरोहणमा गएका ८२ वर्षीय पूर्व पराराष्ट्रमन्त्री शैलेन्द्रराज उपाध्यायको सोमबार साँझ मृत्यु भएको छ। वैशाख पहिलो साता त्यसतर्फ प्रस्थान गरेका उनको सगरमाथा आधारशिविरबाट २ किलोमिटरमाथि आइसफल भन्ने ठाउँमा हिँड्दा हिँड्दै मृत्यु भएको हो। आइसफल ५ हजार ८ सय मिटरको उचाइमा पर्छ।  ‘सोमबार साँझ ५ देखि ६ बजेभित्र उनको मृत्यु भएको छ', एशियन ट्रेकिङ प्रालिका अध्यक्ष आङछिरिङ शेर्पाले  भने- ‘उनको शव आइसफल रुटको छेउमा राखिएको छ भोलि बिहान पर्वतारोही दावा स्टेभन शेर्पाको नेतृत्वमा १७ सदस्य टोली शव लिन जाने तयारी भएको छ।'

उनी एकल आरोहणमा गएका थिए। उनको मृत्यु बेसक्याम्पतर्फ जाँदा हो वा फर्कदा भन्ने पुष्टि भइ नसकेको शेर्पाले बताए।

मनाङको थोरोङ्लापास, रसुवाको गोसाइँकुण्ड र सोलुको ६ हजार ५० मिटर अग्लो आइल्यान्ड पिक आरोहण गरेका शर्मा नेपाल कम्युनिस्ट पार्टीका पूर्व पोलिट्ब्युरो सदस्य हुन्।

त्यसबाहेक उनले नागार्जुनमा रक क्लाइमिङिको समेत तालिम लिएका थिए। आफूलाई कुनै रोग नभएका कारण सगरमाथा चढ्ने जोश आएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु