dashain
Wednesday, 17 October 2018 04:15 pm, Nepal

छात्रा बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

मेचीकाली : 2011-05-09 09:15:34


 सप्तरी, २६ वैशाख : सप्तरीको एक शिक्षक आफ्नै विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको कोइलाडी गाविसस्थित राजेन्द्र निमाविका शिक्षक सकलदेव यादव छन् । यादवले सोही विद्यालयमा कक्षा-८ मा अध्ययनरत एक १४ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक मनोज राउतले शिक्षक यादवले शुक्रबार विद्यालयको प्रशासन कक्षमा बोलाएर आफ्नै विद्यार्थीमाथि दुव्र्यवहार गरेको जानकारी दिनुभयो । घटनाबारे छात्राबाट थाहा पाएपछि स्थानीयले शिक्षक यादवलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

यो विषयका प्रतिक्रियाहरु

Lesa:Sep 10, 2011 11:13:38 PM

One or two to rememebr, that is.

sagar swar:May 12, 2011 12:30:50 PM

यस्तो शिक्षक लाई कानुन बमोजिम कानुनी सजाय दिनु पर्दछ / र फेरी यस्तो घटना नहोस भनि ?????? सबैलाई सचेत गराउनु पर्छ

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु