dashain
Wednesday, 17 October 2018 01:26 am, Nepal

द्वन्द्वकालका वेपत्ता आठ वर्षपछि सकुशल घर फर्किए

मेचीकाली : 2011-05-06 17:20:16


 रोल्पा, २३ वैशाख : सशस्त्र द्वन्दकालमा राज्यद्वारा बेपत्ता पारिएको भनिएका रोल्पाका केशव थापा क्षेत्री आठ वर्षपछि सकुशल घर र्फकेका छन् । सशस्त्र द्वन्द्वको समयमा वेपत्ताको सूचिमा परेका रोल्पा गजुल गाविस-१ दलंगाका ३५ वषर्ीय केशव थापा क्षेत्री २०६० असार १४ गतेदेखि वेपत्ता हुनुभएको थियो । थापा ०६८ वैशाख २० गते सकुशल घरमा पर्किएको स्थानीय शान्ति समिति रोल्पाले जनाकारी दिएको छ ।

केशवले विबाह गरी २ छोराछोरी सहित फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारी अनुसार थापालाई २०६० असार १४ गतेदेखि घोराहीबाट गिरˆतार गरिएको उल्लेख छ ।

माओवादी लडाकूमा कार्यरत केशव वेपत्ता भएपछि घर परिवारले खोजीका आग्रह गरेका थियो । घरमा नर्फकेपछि थापाको परिवारले राहतका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका थिए ।

यो विषयका प्रतिक्रियाहरु

gautam:May 7, 2011 06:25:45 PM

हैन लाहुर बाट आएको हो कि क्या हो धन कमाएर .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु