dashain
Wednesday, 17 October 2018 12:39 am, Nepal

आज फेरि अर्को भयानक दुर्घटना, १६ जना मारिए

मेचीकाली : 2011-05-04 08:27:35


डोटी, २१ वैशाख : धनगढीबाट अछाम जाँदै गरेको यात्रुबस आज बिहान डोटीको चौखुट्टे मेलागौरा भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको छ ।अन्य  २० जना घाइते भएका छन् । मृतक मध्ये बस चालक वीरबहादुर विस्ट र सहचालक वीरू रावल बाहेक कसैको पनि सनाखत नभएको प्रहरीले जनाएको छ । मृतक मध्ये १४ को तत्कालै र अन्य २ को उपचारका त्रममा मृत्यु भएको हाे । खचाखच यात्रु बोकेको ना४ख ४०१८ नम्बरको बस सडकबाट अन्दाजी  ३ सय  मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र केसीले जनाकारी दिनुभयो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धारकार्य जारी राखेका छन् ।

घाइते मध्ये केहीको डोटी र केहीको अछाम जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ । हिजोमात्र सिन्धुलीको भाँगाझोलीमा बस दुर्घटनाहुँदा १२ जनाको मृत्यु भएको थियो ।

यो विषयका प्रतिक्रियाहरु

ramkumar k.c.:May 4, 2011 01:51:28 PM

what happend there ? plz flow traffika ruale..

mom gurung:May 4, 2011 09:05:08 AM

haina k vayera durgatna hun6 yesari patta lagaunu paryo.yesma driverharuko tholo galti hun6

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु