dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

पारस शाह दोषी ठहरिए

मेचीकाली : 2011-04-27 17:07:11


'आइन्दा त्यसो नगर्ने' शर्तमा कागज गराई छाड्न आदेश

चितवन, १४ वैशाख : केही सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत पूर्व युवराज पारस साहको जिल्ला प्रशासन चितवनमा चलिरहेको मुद्धाको बुधबार फैसला भएको छ । बादी र प्रतिवादी वकिलको बहस सुनेपछि न्यायाधीश प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले ऐनको दफा २ (६) बमोजिम आइन्दा यस्तो गल्ति नगर्ने कागज गराइ छोडन आदेश दिएका छन् । ऐन अनुसार पारसले कागज गर्न ३५ दिन भित्र जिल्ला प्रशासन उपस्थित हुनुपर्ने छ ।

 किटानी जाहेरी, घटनास्थल मुचुल्का, वकपत्र र बयानका आधारका साथै बयानमा पारसले रुवेल सित भनाभन भएका स्वीकार गरेकाले कसुरविहीन भन्न नमिल्ने फैसलामा उल्लेख छ ।

फैसलामा शान्ति सुरक्षा कायम राख्न सचेत नागरिकको दायित्व हुने उल्लेख छ । यस बीचमा साप्ताहिक तथा दैनिक पेशी सूचिमा चढाउँदा मुद्धा किनार हुने देखिएको उल्लेख छ । फैसलासँगै ४ महिना चलेको मुद्धा सकिएको छ ।

बुधबार पनि पारसको तर्फबाट अधिबक्ताहरु गणेश केसी, शिवबहादुर पाण्डे, बदि्र गौतम, चुडामणि सापकोटा, पोषराज काफले, हिरा रेग्मी, विष्णुहरी कोइराला र वादीको तर्फबाट जिल्ला न्यायाधीवक्ता गीताप्रसाद तिम्सिना र सह न्यायाधिवक्ता भीमप्रसाद भुर्तेलले बहस गरेको जिल्ला प्रशासन कार्यालयको कानुन शाखाका नासु हरि  सिग्देलले सञ्चारमाध्यामलाई जानकारी गराए ।

गत मंसिर २५ गते चितवन राष्ट्रिय निकुञ्जभित्रको होटलमा टाइगर टप्समासँगै रहेका तत्कालिन उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाताका छोरीज्वाईँ रुवेल चौधरीसँग वादविवाद हुँदा शाहमाथि गोली चलाएको आरोप छ ।

अपराधमा मुछिएपछि केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा खेपिरहेका शाह गत मंसिर २८ गते पक्राउ गरि पुस १ गते १० हजार धरौंटी राखेर तारेखमा रिहा भएका थिए । फागुन १९ गते दोश्रो तारेखमा स्यवं उपस्थित भएका थिए ।

यो विषयका प्रतिक्रियाहरु

Deban Rai:Apr 29, 2011 11:04:47 AM

पारस ले आफ्नो गल्ति स्विकार्नु राम्रो हो. तर गल्ति स्वीकार रेको भन्दैमा नेपाली हरु खुशी हुनु पर्दैन. थाहा होला कि हात्ती को दुइ वटा दात हुन्छा भनेर


देवान

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु