dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

दलित छात्रवृत्तिको रकम हेडसरले लुकाए

मेचीकाली : 2011-04-23 12:35:28


गुल्मी, १० वैशाख : दलित तथा विपन्न वर्गका विद्यार्थीलाई छुट्याइएको दलित छात्रवृत्ति रकम यहाँको एक विद्यालयका प्रधानाध्यापकले लुकाएको रहस्य खुलेको छ । रत्न प्रावि बीरबास–३ रुमपोखराका प्रधानाध्यापक वीरबहादुर कार्कीले शैक्षिक सत्र २०६६/६७ मा ६१ जना दलित विद्यार्थीका लागि विद्यालयमा गएको छात्रवृत्ति रकम आफ्नै खातामा जम्मा गरेका थिए । सरकारले प्रति दलित विद्यार्थी रु ४०० दिइरहेको छ ।

    गत वर्ष असारको पहिलो हप्ता बाँड्नुपर्ने दलित छात्रवृत्ति नदिइएपछि अभिभावकले सोधखोज गर्दा छात्रवृत्ति हिनामिना भएको पत्ता लागेको थियो ।     स्थानीय समाजसेवी छविलाल विकले दलित साझा मञ्चले सोधखोज गर्नेक्रममा व्यक्तिगत खातामा रकम राखेको भेटिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु