'समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने हाम्रो योजना छ'


मेचीकाली

राजन पौडेल

प्रमुख प्रशासकीय अधिकृत, नमोबुद्ध नगरपालिका


नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा समाबेश भएका बजेट मार्फत काम सुरु भए की छैनन् ?

करिब ६ वटा योजना त सम्पन्न नै भइसकेको छ । केही योजनाहरु सुरु हुने चरणमा रहेको छ । सुरु हुन बाँकी योजना कुनै पनि छैन । सबै योजना समयमा नै सक्काउनको लागि हामीले प्रयास गरिरहेका छौं । कृषि क्षेत्रको लगानी बढाउँदै प्राविधिक, सीपयुक्त, जीवनोपयोगी, गुणस्तरीय शिक्षा प्रदान गर्ने, शिघ्र संचालन गरी उच्च प्रतिफल लिन सकिने प्रकृतिका पूर्वाधार आयोजनामा लगानी गर्ने, वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलित, लैङ्गिक समानता र समावेशीकरण जस्ता दिगो विकासका सूचकहरु हासिल हुने कार्यक्रम संचालन, पारदर्शी, गुणस्तरीय र प्रभावकारी सार्वजनीक सेवा प्रवाह, र प्रादेशिक विकासमा संघीय सरकार र स्थानीय तह सँगको सहभागीता, समन्वय र सहकार्य गर्ने खालका कार्यक्रम बनाएका छौं चालु आर्थिक बर्षको लागि । बनेका योजनाहरु समयमा नै सम्पन्न हुन्छ भन्ने विश्वास पनि लिएका छौं ।


चालु  आर्थिक वर्षको लागि अरु के–के योजना बनाएको छ त नगरपालिकाले ? 

आर्थिक विकासको क्षेत्रमा कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय, रोजगारी जस्ता कार्यक्रम छ । यसैगरी सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण (महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, दलितका कार्यक्रमहरु छन् । पूर्वाधार विकासतर्फ सडक तथा पुल (झोलुंगे पुल), सिंचाई, भवन तथा शहरी विकास, उर्जाका कार्यक्रमहरु छन् । वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह लगायतलाई लिएर विभिन्न योजनाहरु बनाएका छौं । संक्रामक लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने लक्षका साथ कार्यक्रमहरुलाई अगाडी बढाएको छ । उपलब्ध साधन, स्रोत अवसर र क्षमताको उच्चतम परिचालन गरी शीप र आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने भनेर हामी लागि परेका छौं । सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत उत्थानसिल, समुन्नत, स्वाधीन, समृद्ध एवम् समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने हाम्रो योजना छ । 


भौगोलिक संरचानाको कारण विकास निर्माणका काममा समस्या आउने गरेको छ की छैन ?

संविधान बमोजिम स्थानीय तहको गठन हुँदा काभ्रेपलाञ्चोक जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह कायम भएका छन् । नमोबुद्ध नगरपालिका साविकका ८ वटा गाविसहरु मथुरापाटी फुलबारी, मेथिनकोट, कानपूर कालापानी, खनालथोक, पुरानोगाउँ दाप्चा, छत्रेबाँझ दाप्चा, डराउने पोखरी र श्यामपाटी सिमलचौर मिलाएर बनाईएको छ । हाम्रो नगरपालिकामा ऐतिहासिक स्थलहरु नमोबुद्ध, दाप्चा, फुलबारी र भकुण्डेबेशी लगायतका अधिकांश क्षेत्रमा कृषि, व्यापार र व्यवसायसँग सम्बन्धित प्रचुर सम्भावनाहरु रहेका छन् । संगठन तथा व्यवस्थापन सर्भे गरेर कार्यबोझको आधारमा जनशक्तिको दरबन्दी तथा संगठन संरचना स्वीकृत नहुँदा दैनिक प्रशासनिक तथा विकासात्मक क्रियाकलापहरु संचालन गर्न समस्या रहेको छ । यस पालिकाका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यो नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र बिक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् । नमोबुद्ध नवगठित नगरपालिका भएकोले यसलाई एक सक्षम नगरपालिकाको रुपमा स्थापना गर्ने चुनौति पनि छ ।


नगरपालिकामा विकास निर्माणको काममा चूनौतीहरु चाहीं के–के छन् ? 

उपलब्ध सिमीत स्रोत र साधनबाट जनताको बढ्दो जनआकांक्षाको सम्वोधन, नगरपालिकाको बजार क्षेत्रमा उत्पादन हुने फोहोरजन्य वस्तुहरुको उचित व्यवस्थापन, नगरपालिकाको अधिकांश क्षेत्र भौगोलिक आधारमा विकट रहेको हुँदा समयमा नै उक्त विकट क्षेत्रहरुमा व्यवस्थित सडक लगायतका विकासका पूर्वाधारहरु निर्माण गर्न कठिनाई भइरहेको छ । साथै दैनिकरुपमा जनतालाई गुणस्तरीय सेवा प्रवाह गरी सुशासन सहितको सेवा प्रवाह गर्नु चुनौतीपूर्ण रहेको छ । साथै हालसम्म केन्द्र, प्रदेश र स्थानीय तहको राजश्व अधिकार लगायतका विषयमा नीतिगत अन्यौलता कायम रहेको कारणले पनि दैनिक कार्य सम्पादनमा केही असहजता रहेको छ । नगरपालिका गठन पनि जनमानसमा पुरानै सोच कायम रहेको कारण आपूmले नगरपालिकाबाट सेवा सुविधा प्राप्त गरे बापत तिर्नुपर्ने कर, दस्तुर तथा राजश्व बुझाउनु पर्छ भन्ने भावना तथा बानीको विकास हुन सकेको छैन । नगरपालिकाको कार्य बोझ अनुसार जनशक्तिको कमी रहेको तथा साधनस्रोत अत्यन्तै न्यून रहेको छ ।


पर्यटन उद्यमीको हात नमोबुद्धको साथ भन्ने कार्यक्रम ल्याएका छौं हामीले । मेरो गाउँ उद्यम सहितको जीउने ठाउँ भन्ने अभियान मार्फत स्थानीयस्तरम नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था भएको छ । साहित्यिक कला संस्कृति तथा वांगमयको क्षेत्रलाई प्रोत्साहन, सम्वद्र्धन तथा संरक्षण गर्ने खालका कार्यक्रम छन् । नयाँ उद्योग सञ्चालन गर्न चाहनेलाई कानूनी तथा प्राविधिक ज्ञान दिन र उद्योग वाणिज्य सम्बन्धी सेवा एकद्वार प्रणाली मार्फत प्रदान गर्न आवश्यक प्रवन्ध पनि मिलाएका छौं । 

 

नगरपालिकाले कस्ता योजनालाई प्राथमिकता दिएर कार्यक्रम गरिरहेको छ ?

विशेषत पूर्वाधारकै क्षेत्रलाई प्राथमिकता दिएका छौं । नगरपालिकाबासीको आवश्यकता र माग पनि पूर्वाधारको क्षेत्र भएकाले हामिले यसलाई प्राथमिकता दिनुपर्दछ । अर्को भनेको आर्थिक विकास तथा गरीबी निवारणमा प्रत्यक्ष योगदान दिने, उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्ने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने,  स्थानीय वासिन्दाको सहभागिता जुट्ने, स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने, स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालबालिका तथा पिछडिएको वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,  लैंगिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने लगायतका कुराहरुलाई प्राथमिकतामा राखेका छौं । 


सहकारी क्षेत्रमा नगरपालिकाले पनि समन्वय र सहकार्य गर्ने काम गरेको छ ?

हामीले एक वडा एक नमुना सहकारीको अवलम्बन गरेका छौं । सहकारी संस्थाहरुसँग भएको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरेका छौं । समुदायमा रहेको स्रोतसाधन सङ्गठित संस्थामार्फत परिचालन गरी सामाजिक रूपान्तरण, समावेशी आर्थिक वृद्धि र समुदायको सशक्तीकरण गर्ने कार्यमा सहकारीको भूमिका रहन्छ । सरकार उपस्थित हुन नसक्ने र निजी क्षेत्र आकर्षित नहुने क्षेत्रमा आधारभूत वस्तु र सेवा प्रवाहलाई सुनिश्चित गर्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ । खासगरी ग्रामीण तथा स्थानीयस्तरमा जनसमुदायलाई सङ्गठित गरी उनीहरूको आर्थिक–सामाजिक रूपान्तरण गर्न र समावेशी आर्थिक वृद्धिमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसमा नगरपालिकाले पनि समन्वय र सहकार्य गर्ने काम गरेको छ । 


आर्थिक विकास तर्फ के–के योजनाहरु बनाउनु भएको छ चालु आर्थिक वर्षको लागि ?

आर्थिक विकास तर्फका कुरामा सुरुमा कृषि तथा पशुपन्छिको क्षेत्रमा कुरा गर्नुपर्दा कृषि औजार बैंक स्थापना गर्नेछौं । जसमा किसानले आवश्यक औजार आवश्यक पर्दा लैजाने र फिर्ता गर्ने भन्ने खालको कार्यक्रम रहेको छ । अर्को किसानका गरा सधैं हराभरा, मेरो कृषि, मेरो पौरख भन्ने नाराका साथ कार्यक्रम गर्नेछौं । यसैगरी भू–उपयोग नीति पनि तत्काल कार्यन्वनमा ल्याउने छौं । माटो सुहाउँदो उत्पादन भन्ने कार्यक्रम पनि छ । एक गाउँ, एक उत्पादन भन्ने कार्यक्रम पनि छ । एक घर एक करेसाबारीको कार्यक्रम पनि छ । पाडी संरक्षण कार्यक्रम र उन्नत जातको राँगो प्रजनन्को कार्यक्रम पनि रहेको छ । 


उद्योग, पर्यटन तथा संस्कृति सम्बन्धी नीति पनि छन् नी ?

पर्यटन उद्यमीको हात नमोबुद्धको साथ भन्ने कार्यक्रम ल्याएका छौं हामीले । मेरो गाउँ उद्यम सहितको जीउने ठाउँ भन्ने अभियान मार्फत स्थानीयस्तरम नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था भएको छ । साहित्यिक कला संस्कृति तथा वांगमयको क्षेत्रलाई प्रोत्साहन, सम्वद्र्धन तथा संरक्षण गर्ने खालका कार्यक्रम छन् । नयाँ उद्योग सञ्चालन गर्न चाहनेलाई कानूनी तथा प्राविधिक ज्ञान दिन र उद्योग वाणिज्य सम्बन्धी सेवा एकद्वार प्रणाली मार्फत प्रदान गर्न आवश्यक प्रवन्ध पनि मिलाएका छौं । 


शिक्षा, युवा तथा खेलकुदको क्षेत्रमा पनि नगरपालिकाले नयाँ–नयाँ कार्यक्रमहरु गर्दै आएको छ । यो आर्थिक वर्षमा पनि त्यस्ता कार्यक्रमहरु छन् की ?

छन् । एक विद्यालय एक फूलबारी, एक मा.वि एक करेसाबारी अन्तर्गत विद्यालयमा पूmलबारी तथा करेसाबारीका लागि उत्प्रेरित गरिरहेका छौं । त्यो करेसाबारीबाट उत्पादित वस्तुको बिक्रिबाट प्राप्त रकम विद्यार्थीको शैक्षिक अध्ययनमा खर्च पनि गर्नेछौं । यो बर्ष नगर शिक्षाको योजनाको निर्माण गरी शिक्षालाई योजनावद्ध विकासको थालनी गरिरहेका छौं । नगरपालिकाभित्र रहेका तर नगरसँग आवद्ध नभएका संस्थागत विद्यालयहरुको समन्वय र साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न सहयोग पनि गरेका छौं । युवा तथा खेलकुदको क्षेत्रमा पनि विभिन्न प्रतियोगात्मक कामहरु भइरहेको छ । 


नगरपालिकाले महिला सम्बन्धी नीति पनि लिएको थियो नी ?

हामीले गर्ने हरेक काममा महिलालाई प्राथमिकतामा राखेका छौं । जस्तो की यो वर्ष पनि हामीले दुई छोरी मात्र जन्माएर स्थायी परिवार नियोजन गर्ने दम्पतिलाई नगरपालिकाबाट उचित सम्मान गर्नेछौं । जसको सवाल उसैको संलग्नता र नेतृत्व भन्ने नाराको साथमा महिलाहरुको सशक्तिकरण र सवलीकरणमा जोड दिंदै योजना तर्जुमा प्रकृयामा सहभागिता सुनिश्चि गर्नेछौं । महिलामैत्री बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि पनि आवश्यक बजेट विनियोजन भएको छ । सामाजिक आर्थिक रुपमा पछाडी परेका महिलाहरुको सशक्तिकरण गर्नको लागि लैङ्गिक समानता, समावेशीकरण तथा सामाजिक न्यायको शुनिश्चितता पनि गर्नेछौं । 


अन्त्यमा केही ?

कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वशुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नती र स्वास्थ्य जनशक्ति विकास गराउने खालका कार्यक्रम हामीले बनाएका छौं । यसैगरी  कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति श्रृङ्खलालाई पुनस्र्थापना गर्दै कृषि, उद्योग, पर्यटन, निर्माण लगायत प्रभावित व्यवसायको पुनरुत्थान गर्ने कार्यक्रम छ ।  नागरिकका लागि काम र रोजगारीका अवसर, खाद्य सुरक्षा, सुरक्षित आवास, सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम पनि छ । शीघ्र प्रतिफल प्राप्त हुने र आगामी वर्ष भित्र सम्पन्न हुने अधुरा आयोजना कार्यान्वयन, गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधि विस्तार, आधारभूत खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण, संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सार्वजनिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सुदृढिकरण गर्ने योजना पनि छ । यसमा आम नगरपालिकाबासीको सहयोगको अपेक्षा छ ।


-पलाञ्चोक साप्ताहिकबाट साभार


प्रतिक्रिया



थप समाचारहरु