“तीज भयो क्यार ठिस” बजारमा (भिडियोसहित)


Mechikali

नेपालि महिलाहरुको चाड तिजलाइ बिशेष मान्ने गरिन्छ ।बिभिन्न कारणले हरेक बर्ष तिजको चर्चा हुने गर्दछ । पर्व एकदिनको भए पनि निकै पहिले देखि तिजका गित संगितले बजार तताएको हुने गर्दछ । यस बर्ष पनि तिज लक्षित गितहरु बजारमा प्रशस्त आइ सकेका छन र चर्चा कमाइ रहेका छन । यसै सिलसिलामा चर्चित गायिका प्रतिभा सापकोटाको तीज गीत “तीज भयो क्यार ठिस” बजारमा आएको छ । केहि फरक पन दिने प्रयास स्वरुप यो गिति एल्बममा नया प्रयोग गरेको पाइन्छ । साथै आफ्नो नया प्रयोगलाइ श्रोता दर्शकले रुचाएको गायिका सापकोटाले बताइन ।

मदन ढकालको शब्द तथा तीर्थ खत्रीको लय रहेको उक्त गीतमा प्रतिभा सापकोटा, मदन ढकाल, तीर्थ खत्री र टीका सानूको स्वर रहेको छ । डिजिटल बजार मार्फत बजारमा ल्याइएको उक्त गितको भिडियो टीका सानुको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त गितको म्युजिक भिडियो भने गौरब गिरिले गरेका हुन ।

महिला हरुको चाडलाइ किन ठिस भयो भनियो भन्दा गायिका सापकोटाले कोरोनाको कारण दोश्रो बर्षको तिज पनि २ बर्ष देखि खुलेर मनाउन नपाउदाको युवा भावलाइ प्रकट गरेको बताइन । पछिल्लो समय “तीज भयो क्यार ठिस” टिकटक प्रयोग कर्ताले अत्याधिक मन पराएका छन । उक्त गितमा भिडियो बनाउने क्रम बढ्दो छ । यस्बाट आफु अत्यन्त उत्साहित भएको गायिका सापकोटाले बताइन ।


प्रतिक्रिया



थप समाचारहरु