Monday, 26 June 2017 02:36 am, Nepal

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिने

मेचीकाली : 2017-06-24 13:57:03

भीमदत्तनगर, १० असार : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा ज्वाँईपनि प्रतिस्पर्धामा

मेचीकाली : 2017-06-14 10:42:04

भीमदत्तनगर, ३१ जेठ : स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भीमदत्तनगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ ।

पुरा पढ्नुहोस्

आफैं मोटर हाँकेर जर्मनीसम्म !

मेचीकाली : 2017-06-12 13:46:32

भीमदत्तनदगर, २९ जेठ : आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताउनुभयो ।

पुरा पढ्नुहोस्

तरकारीखेतीबाट मनग्य आम्दानी

मेचीकाली : 2017-06-08 13:55:15

भीमदत्तनगर, २५ जेठ : धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गाल्नुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्छ ।

पुरा पढ्नुहोस्

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द

मेचीकाली : 2017-06-06 08:44:21

कञ्चनपुर, २३ जेठ : अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत समस्या हुन थालेपछि सोमबार जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु