Monday, 18 December 2017 03:16 am, Nepal

निर्वाचन पछि वामपन्थीको सरकार बन्ने एमाले अध्यक्ष ओलीको दावी

मेचीकाली : 2017-11-24 17:47:35

डडेल्धुरा, ८ मंसिर : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि वामपन्थीको सरकार बन्ने दावी गर्नुभएको छ । आज प्रेस चौतारी र प्रेस सेन्टर डडेल्धुरा शाखाले गरेको संयुक्त पत्रकार सम्मेलनमा ओलीले राष्ट्रलाई एकताबद्ध बनाएर विकासका ठोस योजनाका साथ आगाडि बढाउने सरकार बन्ने बताउनुभयो ।

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल : काँग्रेस ढुक्क, गठबन्धन मख्ख

मेचीकाली : 2017-11-14 16:44:35

डडेल्धुरा, २८ कात्तिक : आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ । विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आउनुभएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । उहाँसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

पुरा पढ्नुहोस्

कारोबार गर्न समस्या

मेचीकाली : 2017-10-31 14:11:13

डडेल्धुरा, १४ कात्तिक : जिल्लाका पाँचवटा गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा आर्थिक कारोबार गर्न समस्या भएको छ ।गाउँपालिकाबाट निकासा गरिने बजेटका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । निकासा गरिने रकमभन्दा बढी खर्च हुने गरेको छ । प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा बैंक स्थापना गर्ने भनिए पनि यहाँका सातवटा स्थानीय तहमध्ये पाँचवटा गाउँपालिकामा अझै बैंक स्थापना हुन सकेको छैन ।

पुरा पढ्नुहोस्

श्रीखण्डको व्यावसायिक खेती

मेचीकाली : 2017-07-25 13:43:37

डडेल्धुरा १० साउन : जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटीे श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् । नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताउनुभयो । उहाँले बगरकोटमा नर्सरी स्थापना गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन

मेचीकाली : 2017-07-20 08:28:14

डडेल्धुरा ५ साउन : डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नका लागि दुई दिनको यात्रा गर्नुपरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु