Saturday, 24 June 2017 11:07 pm, Nepal

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

मेचीकाली : 2017-05-28 11:19:58

डडेल्धुरा, १४ जेठ : स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।

पुरा पढ्नुहोस्

चुरे र महाभारत क्षेत्रमा डढेलो लाग्ने क्रम सुरु

मेचीकाली : 2017-05-22 13:37:52

डडेल्धुरा, ८ जेठ : डडेल्धुराका चुरे र महाभारत क्षेत्रका वन जङ्गलमा आगो लाग्ने क्रम बढेको छ । पछिल्लो समयमा पानी परेर नयाँ घास पलाउने अवस्थामा जथाभावी आगो लगाउँदा चुरे र महाभारत क्षेत्रका वनमा सखाप हुन थालेको हो । चरिचरन र घाँसका लागि छुट्याएका वनमा आगो लगाउँदा नियन्त्रण गर्न नसकी अन्य वनमा डढेलो लाग्ने गरेको स्थानीय व्यक्तिको भनाइ छ ।

पुरा पढ्नुहोस्

चुनाव सरेपछि मतदाता निराश

मेचीकाली : 2017-04-25 16:05:35

डडेल्धुरा, १२ वैशाख : वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् ।सात नम्बर प्रदेशको निर्वाचन जेष्ठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुनलागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशमा बसेका मतदाता फेरि अनिश्चित बनेको भन्दै निराश बनेका हुन् ।

पुरा पढ्नुहोस्

तरकारीबाटै आत्मनिर्भर

मेचीकाली : 2017-04-18 13:15:47

डडेल्धुरा, ५ वैशाख : पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् । यहाँका महिला तरकारीखेतीबाट वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँलगायतका महिला तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

पुरा पढ्नुहोस्

विद्यालय बाहिर रहेका ५० प्रतिशत बालबालिकालाई यस वर्ष भर्ना गरिने

मेचीकाली : 2017-04-17 14:44:38

डडेल्धुरा, ४ वैशाख : गत वर्ष डडेल्धुरामा ८१६ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गरेसँगै यस वर्ष ३३२ बालबालिलार्ई विद्यालय भर्ना गरिने जिल्ला शिक्षा कार्यालय, डडेल्धुराले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु