Friday, 24 November 2017 06:46 pm, Nepal

बुबाको किरिया बसेका विप्लव का बैतडी जिल्ला इञ्चार्ज पक्राउ

मेचीकाली : 2017-11-21 08:38:39

बैतडी, ५ मंसिर : बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चुनावी ऐजेण्डा

मेचीकाली : 2017-11-06 16:27:27

बैतडी, २० कात्तिक : जिल्लाका राजनीतिक दलहरूले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी ऐजेण्डा बनाएका छन् । आफूले जितेमा बहुप्रतिक्षित सो आयोजनाको निर्माण अगाडि बढाउने सम्बद्ध दलका उम्मेदवारले बताउँदै आएका हुन् । सो आयोजनाको काम आफू अर्थराज्यमन्त्री भएको बेला अघि बढेको वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभासदस्य पदका उम्मेदवार दामोदर भण्डारीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

पूर्वप्रधानमन्त्री चन्द बैतडीबाट सिफारिश

मेचीकाली : 2017-10-12 14:06:32

बैतडी, २६ असोज : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिश हुनुभएको छ । सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिश गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिनुभयो । पूर्वप्रधामन्त्री चन्दसँगै उहाँका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिक तर्फका लागि सिफारिश गरिएको छ ।

पुरा पढ्नुहोस्

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

मेचीकाली : 2017-09-09 09:01:59

विनोदसिंह विष्ट

बैतडी, २४ भदौ :  घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । तीन वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढी नै छ ।जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार आव २०७१/७२ बैतडीमा कूल गर्भवतीको ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएकामा आव २०७२/७३ मा बढेर ६६ प्रतिशत पुगेको छ ।

पुरा पढ्नुहोस्

चितुवा मार्न प्रहरी परिचालन

मेचीकाली : 2017-08-29 17:13:51

बैतडी, १३ भदौ : बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ ।नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु