Sunday, 17 December 2017 08:08 am, Nepal

कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त

मेचीकाली : 2017-11-21 08:37:54

धनगढी, ५ मंसिर : थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ ।विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आउनुभएका पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

पुरा पढ्नुहोस्

‘सरकार पुनर्गठन र चुनाव सार्ने काम अमान्य’

मेचीकाली : 2017-10-10 14:19:38

धनगढी, २४ असोज : नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी चुनाव सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नं प्रदेशका सयोजक समेत रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न काँग्रेसलगायत दललाई सल्लाह दिनुभयो ।

पुरा पढ्नुहोस्

रोजिन टर्पेन्टाइन व्यापारमा कमी

मेचीकाली : 2017-08-16 17:13:41

धनगढी, ३२ साउन : कैलाली भन्सार कार्यालयले पछिल्लो समय खोटो र रोजिनको निकासी व्यापारमा कमी आएको जनाएको छ । कार्यालयका अनुसार आव २०७३/७४ मा रु ३८ करोड ६८ लाख ३२ हजार मूल्य बराबरको ३१ लाखल ८० हजार किलो खोटो रोजिन र रु नौ करोड ८८ लाख मूल्य बराबरको आठ लाख २१ हजार ३०० किलो तार्पेन तेल निकासी भएको भन्सार अधिकृत नारायणदत्त जोशीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

‘नमूना नेपाल’ ७ नं प्रदेशबाट शुरु हुँदै

मेचीकाली : 2017-08-06 10:50:55

धनगढी, २२ साउन : बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ ।शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरु गर्न लागिएको जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

कैलालीको त्रिनगर भन्सारबाट निर्यात न्यून हुँदा भारतसँंगको व्यापार घाटा बढ्दै

मेचीकाली : 2017-07-23 08:54:21

कैलाली, ८ साउन : आयातको तुलनामा निर्यात न्यून हुँदा भारतसँंगको व्यापार घाटा बढ्दै गएको छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट गत आर्थिक वर्षमा निर्यात भन्दा आयात बढी भएको देखिएको छ । निर्यात भएका सामाग्रीको मूल्यभन्दा कयौं गुणा बढी मूल्यका सामान आयात भएका छन् । भारत तथा समुन्द्र पारबाट त्रिनगर नाका भएर १२ अर्ब २१ करोड ९७ लाख ९४ हजार मूल्य बराबरको सामान आयात भएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु