dashain
Wednesday, 17 October 2018 06:58 am, Nepal

अछाममा बर्षेनी करिब ७ हजार ८२ मेट्रिक टन खाद्यान्न अपुग

मेचीकाली : 2014-10-12 17:37:37

अछाम, २६ असोज : अछाम जिल्लामा बार्षिक करिब ७ हजार ८२ मेट्रिकटन खाद्यान्न अपुग हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालय अछामले दिएको जानकारी अनुसार गत हिँउदे बाली उत्पादन पछिको अवस्था हेर्दा बिगत जस्तै यस बर्ष पनि करिब ७ हजार ८२ मेट्रिकटन खाद्यान्न अपुग देखिएको हो । ५३ हजार ५ सय १६ मेट्रिकटन आवश्यक पर्ने यस जिल्लामा जम्मा ४६ हजार ४ सय ३४ प्रशोधित खाद्यान्न उत्पादन हुने गरेको छ ।

पुरा पढ्नुहोस्

रुखबाट खसेर एकै घरका तीन बालकको मृत्यु

मेचीकाली : 2014-06-25 08:40:36

अछाम, ११ असार : रुख ढल्दा अछाममा एकै घरका तीन बालकको मृत्यु भएको छ । पाकेको चिउरी खादै गर्दा हावाहुरीका कारण रुख ढलेपछि जिल्लाको ढुंगाचाल्ना – ५ का पदमबहादुर बुढाका १२ बर्षिय छोरा गगन बुढा, शेर बहादुर बुढाका १५ बर्षिय छोरा राम बहादुर बुढा र महाजित बुढाका ११ बर्षिय छोरा मिन बहादुर बुढाको मृत्युभएको हो । घटनामा अन्य २ बालक घाइते भएका छन । 


पुरा पढ्नुहोस्

लुटपाटमा संलग्न ३ जना हतीयारसहित पक्राउ

मेचीकाली : 2014-04-15 08:44:21

अछाम, २ वैशाख : लुटपाटमा संलग्न तीन जनालाई अछाम प्रहरीले हतियार सहित पक्राउ गरेको छ । जिल्लाको मुली गाबिसका एक बृद्ध माथि लुटपाटमा संलग्न उनीहरुलाई ३ थान खुकुरी र एक थान मासु काट्ने हतियार सहित पक्राउ गरिएको हो । उनीहरुले बृद्धबाट लुटेको नगद २४ सय ८० रुपैयाँ पनि बरामद गरिएको छ । 


पुरा पढ्नुहोस्

चट्याङ परेर अछाममा एक जना महिलाको ज्यान गयो

मेचीकाली : 2014-03-23 08:42:06

अछाम, ९ चैत :  हावाहुरी संगै परेको चट्याङ वाट अछामको पायल गावीसमा एक जना महिलाको ज्यान गएको छ । गाविस स्थिती वडा नम्वर २ ४५ वर्षीय पार्वती आउजी घर नजीकैको छानोवाट फर्कीने क्रममा घरभित्र प्रवेश गर्दै गर्दा घरको आगनमा नै जट्याङ पर्दा उहाको ज्यान गएको हो ।  


पुरा पढ्नुहोस्

अछामका सरकारी कार्यालयमा अझै १ सय २५ जना कर्मचारीको दरबन्दी रिक्त

मेचीकाली : 2014-02-22 08:48:32

अछाम, १० फागुन : अछामका सरकारी कार्यालयमा अझै १ सय २५ जना कर्मचारीको दरवन्दी रिक्त रहेको पाइएको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीको नेतृत्वमा गरिएको २५ सरकारी कार्यालयमा छडुके अनुगमनपछि यस्तो पाइएको हो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु