dashain
Wednesday, 17 October 2018 12:52 am, Nepal

डोटीमा पहिरोको डरले अढाई सय परिवारले घर छाडे

मेचीकाली : 2015-08-13 08:45:34

डोटी, २८ साउन : सोमबार रातीको भारी बर्षापछिको बाढी पहिरोले डौड र तोलेनी गाविसका अधिकांश बस्तीहरु जोखिममा रहेका छन् । ठाउँठाउँमा पहिरो र चिरा परेपछि दुवै गाविसका अधिकांश बस्तीहरुमा पहिरोको जोखिम बढेको छ ।

पुरा पढ्नुहोस्

डोटीको डौड गाविसमा पहिरोमा पुरिएर छजनाको मृत्यु

मेचीकाली : 2015-08-11 13:27:50

-विस्तृत विवरण अझै आएन

काठमाडौँ, २६ साउन : डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर सोमबार राति एकै परिवारका पाँचजनासहित छजनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा डौड गाविस–३ का डम्बरबहादुर विष्टकी ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट तथा उहाँका छोराहरु १२ वर्षीय हर्क विष्ट र पाँच वर्षीय वीरेन्द्र विष्ट, छोरीहरु आठ वर्षीया सरु विष्ट र आठ महिनाकी भावना विष्टको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

डोटीमा आजदेखि इतिहास सम्मेलन

मेचीकाली : 2015-04-18 08:41:08

डोटी, ५ वैशाख : धार्मिक, पर्यटकीय, ऐतिहासिक तथा साँस्कृतिक पक्षहरुको अध्ययन गर्ने उद्देश्यले आजदेखि डोटीको सदरमुकाम सिलगढीमा इतिहास सम्मेलन सुरु भएको छ । सुदुरपश्चिम क्षेत्रमा पहिलो पटक हुन लागेको सम्मेलनमा पर्यटकीय क्षेत्र खप्तड, शैलेश्वरी मन्दिर, ऐतिहासिक व्यक्तित्व भिमदत्त पन्त तथा यहाँको लोक साहित्यलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

पुरा पढ्नुहोस्

डोटीको डौड गाबिसमा पत्थर निकाल्दै गर्दा च्यापिएर ३ जनाको मृत्यु

मेचीकाली : 2015-03-20 08:40:55

डोटी, ६ चैत : डोटीको डौड गाबिसमा पत्थर निकाल्दै गर्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । गाबिसको भल्मा भन्ने ठाउमा हिजो घरको छानामा लगाउने पत्थर निकाल्दै गर्दा उनीहरुको ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

ढिस्कोमा पुरिएर तीन महिलाको ज्यान गयो

मेचीकाली : 2015-03-12 12:42:37

अन्य पाँचजना घाइते

डोटी, २८ फागुन : डोटीमा माटोको ढिस्कोले पुरिएर एउटै गाउँका तीन जनाको ज्यान गएको छ । पाँच जना घाईते भएका छन् । माटोको ढिस्कोले पुरीएर कपल्लेकी गाविस ९ की २२ वर्षिया सिता भुल, १८ वर्षिया कुमारी भुल र २३ वर्षिया काली भुलको ज्यान गएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु