Wednesday, 26 September 2018 08:57 am, Nepal

असहायबीच न्यानो लुगासँग न्यानो माया साट्दै केबी

मेचीकाली : 2017-12-27 14:30:08

–केशवचन्द्र महरा

डोटी, १२ पुस : डोटीको दीपायल बजारमा व्यापार गर्दै आएका खगेन्द्र साउद (केबी)ले मंगलबार दीपायल सिलगढी नगरपालिकाका सबै वडामा न्यानो लुगा वितरण गर्नुभएको छ । दीपायलमा विगत १२ वर्षदेखि केबि स्टिल तथा फर्निचर उद्योग, केबि इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका साउदले नगरपालिकाभित्रका नौवटै वडामा पुगेर वृद्ध, अपांग, एकल महिला, गरिब तथा असहायलाई जाडोमा न्यानो लुगा वितरण गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

डोटीमा जिप दुर्घटनामा मृत्यु हनेको संख्या ४ पुग्यो

मेचीकाली : 2017-11-05 08:46:26

डोटी, १९ कात्तिक : डोटीको के.आई.सिंह गाउँपालिका ३ बासुदेवीको देउरडीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । गम्भीर घाईते आदर्श गाउँपालिका –१ बाँझकाकनीका शारदा खडकाको मृत्युभएसंगै मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

पुरा पढ्नुहोस्

जिप दुर्घटनामा नौको मृत्यु

मेचीकाली : 2017-08-05 08:23:12

डोटी, २१ साउन : अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित नौ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नंको जिप शुक्रबार राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको जिप्रका डोटीले जनाएको छ ।

पुरा पढ्नुहोस्

एकमात्र महिला प्रमुखको घोषणा, ‘नमुना नगरपालिका बनाउँछु’

मेचीकाली : 2017-07-04 08:31:29

डोटी, २० असार : असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका मञ्जु मलासीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।७ नम्बर प्रदेशमै एकमात्र स्थानीय तहको प्रमुखमा निर्वाचित हुनुभएकी प्रमुख मलासीले दीपायल सिलगढी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुरा पढ्नुहोस्

माफी मागी फर्कियो भारतीय प्रहरी टोली

मेचीकाली : 2017-06-02 13:53:07

भीमदत्तनगर, १९ जेठ : नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ । भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु