dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

चन्दा सङ्कलन गरी सडक निर्माण

मेचीकाली : 2017-03-15 08:51:21

बाजुरा, २ चैत : बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको छ । नगरपालिका–२ का स्थानीयवासीले रु १२ लाख चन्दा सङ्कलन गरी सडक निर्माण गरेका हुन् । बुढालेखदेखि जाल्पादेवी उमाविसम्मको दुई किलोमिटर सडक निर्माण गरिएको स्थानीय नरबहादुर विकले बताउनुभएको छ ।

पुरा पढ्नुहोस्

एघार गाविसमा भारी हिमपात

मेचीकाली : 2017-03-09 13:55:52

बाजुरा, २६ फागुन : बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले यहाँको एघार गाविसमा हिमपात भएको छ । मौसम परिवर्तन र वर्षात् सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपात सुरु भएको विकट गाविस बिच्छ्याका धनलाल सुनारले बताउनुभयो ।उहाँका अनुसार हिमपातका कारण उत्तरी भेगका विद्यालयसमेत बन्द भएको र स्थानीय बासिन्दालाई आवतजावत गर्न पनि समस्या भएको छ ।

पुरा पढ्नुहोस्

नेपाल खाद्य संस्थान बाजुराले ६० क्वीन्टल फापर खरिद गर्दै

मेचीकाली : 2017-02-16 16:52:45

बाजुरा, ५ फागुन : रैथाने बाली संरक्षण गर्ने योजनाअनुसार नेपाल खाद्य संस्थान बाजुरा शाखाले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ । जिल्ला कृषि विकास कार्यालयको पहपल र सो शाखाकोे आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठको भनाइ छ ।

पुरा पढ्नुहोस्

मध्य तथा सुदूरपश्चिमका पाहाडी जिल्लामा भारी हिमपात

मेचीकाली : 2017-01-29 08:49:32

 बाजुरा, १६ माघ : मध्य तथा सुदूरपश्चिमका पाहाडी जिल्लामा बाक्लो हिउँ परेको छ । हिउँले ती जिल्लाका उच्च भेगका नागरिकको जनजीवन प्रभावित भएके छ । बाजुरामा तेस्रोपटक हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रोसाता आईपुग्दा जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र २ पटक हिमपात भएको थियो । हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहिबार मध्येरातदेखि परेको हिमपातले बाजुराका लेकाली बस्ती र हिमालहरु सेताम्य भएका छन् ।

पुरा पढ्नुहोस्

जडीबुटीको अवैध निकासी गर्न खोज्ने १० ठेकेदारलाई कारबाही भएन

मेचीकाली : 2017-01-26 08:48:45

बाजुरा, १३ माघ : जिल्लाको सम्पत्तिका रुपमा रहेको जडीबुटी अवैध रुपमा निकासी भइरहँदा सम्बन्धित निकाय भने मौनता साँधेर बसेका छन् । पटक–पटक अवैध रुपमा करोडौँको नोक्सानी हुने गरी ठेकेदारले ५५ खाले जडीबुटी निकासी गर्दा पनि कुनै चासो नदेखाइएको स्थानीयवासीले बताउने गरेका छन् । गत मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय बाजुरा र इलाका वन कार्यालय कोल्टीको संयुक्त टोलीले अवैध रुपमा निकासी गर्न लागेको जानकारी पाएपछि ती जडीबुटी बरामद गरिएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु