dashain
Wednesday, 17 October 2018 06:58 am, Nepal

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

मेचीकाली : 2018-02-18 09:31:34

बाजुरा, ६ फागुन : जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान घरबाट सामान किन्न बेतालमाण्डौं जाँर्दै गर्दा गाउँका दुईजना युवाले मोटरसाइकलमा लगिदिने भन्दै बार्जुगाडु जंगलमा लगेर बलात्कार गरेका बालिकाले बताएकी छिन् ।

पुरा पढ्नुहोस्

पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु : नगर प्रमुख

मेचीकाली : 2018-01-12 13:21:18

बाजुरा, २८ पुस : बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरको आर्थिक विकासका लागि भएका स्रोतसाधनको प्रयोग गर्ने बताउनुभएको छ । बिहीबार ऐसावादी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारण सभाको कार्यक्रममा आगामी दिनमा सहकारी र विद्युत् नै आर्थिक समृद्धिको आधार हुने बताउनु भयो ।

पुरा पढ्नुहोस्

लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ : प्रम

मेचीकाली : 2017-11-18 18:53:48

बाजुरा, २ मंसिर : नेपाली काँगे्रसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो– “लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउनुपर्छ ।” सभापति देउवाले काँग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अवको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसलाई जिताउन सबैमा आग्रह गर्दै आफू फेरि प्रधानमन्त्री भएपछि सुदूरपश्चिमको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पुरा पढ्नुहोस्

जिप दुर्घटनामा तीनको मृत्यु

मेचीकाली : 2017-11-04 13:57:29

बाजुरा, १८ कात्तिक : केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नं को जिप दुर्घटनामा दुईजना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

पुरा पढ्नुहोस्

खुकुरी प्रहारबाट दुईको मृत्यु

मेचीकाली : 2017-10-14 12:43:28

बाजुरा, २८ असोज (रासस) : त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खँुडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु