Wednesday, 18 October 2017 11:33 am, Nepal

खुकुरी प्रहारबाट दुईको मृत्यु

मेचीकाली : 2017-10-14 12:43:28

बाजुरा, २८ असोज (रासस) : त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खँुडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

मेचीकाली : 2017-09-24 10:11:47

बाजुरा, ८ असोज : तीन दिनदेखिको लगातार वर्षाका कारण आज बिहानदेखि साँफे–मार्तडी सडकखण्डअन्तर्गतको तिपाडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्धपछि छोटो तथा लामो दूरीका यातायातका साधन र मानिस आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पुरा पढ्नुहोस्

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने नगरपालिकाको निर्णय

मेचीकाली : 2017-09-03 14:00:31

बाजुरा, १८ भदौ : सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले बताउनुभयो ।

पुरा पढ्नुहोस्

स्याउ बेचेर बालबालिका पढाइ खर्च जुटाउँदै

मेचीकाली : 2017-08-26 16:23:30

बाजुरा, १० भदौ : बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन् । छोराछोरीलाई पढाउनका लागि आर्थिक स्रोत नभएपछि स्याउ बेचेर खर्च धान्नु परेको सार्कीको भनाइ छ । ‘लोग्नेको कृषि पेशाबाहेक अरु कुनै आम्दानी गर्ने ठाउँ नै छैन, यही स्याउ बिक्री गरेर बालबच्चालाई कापी, कलम किनेर लैजान्छु ’।

पुरा पढ्नुहोस्

बाजुरामा १६ गाविस पहिरोको उच्च जोखिमा

मेचीकाली : 2017-07-31 13:06:34

बाजुरा, १६ साउन : जिल्लाका १६ गाविसका बासिन्दा अहिले पहिरो आउने चिन्तासंगै वर्षा विताउन बाध्य भएका छन् । लामो समयको खडेरीपछि पानी पर्न थालेपछि पहिरोको जोखिम बढदै गएको हो । जिल्लाका नौ स्थानीय तहमध्ये साविकका १६ गाविस पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्वार समितिले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु