Monday, 21 May 2018 09:13 am, Nepal

गोली हानी श्रीमतीको हत्या

मेचीकाली : 2018-03-30 16:44:35

बाँके, १६ चैत : बाँके जिल्लामा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ । हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस्

विष खुवाएर आफ्नै श्रीमानको हत्या !

मेचीकाली : 2018-03-02 13:53:32

बाँके, १८ फागुन : बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण

मेचीकाली : 2018-01-24 10:40:49

बाँके, १० माघ : बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगन्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा शीतभण्डार निर्माण शुरु गरेको हो । १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुन महिनादेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

दुई अर्ब ७७ करोड बजेट प्रस्ताव

मेचीकाली : 2017-11-25 08:10:47

नेपालगञ्ज, ९ मंसिर : नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि रु दुई अर्ब ७७ करोड नौ लाख अनुमानित बजेट प्रस्ताव गरेको छ । प्रस्तावित कुल बजेटमध्ये पूँजीगत खर्चतर्पm रु दुई अर्ब २० करोड ९१ लाख ८२ हजार र चालू खर्चतर्फ रु ५६ करोड एक लाख विनियोजन गरिएको छ ।

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण

मेचीकाली : 2017-08-17 16:19:26

सरकारले पुनः बाढी आउन नदिने उपायको खोजी गर्ने

नेपालगञ्ज, १ भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ । जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु