dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

अनुदानको बीउमा मिसावट

मेचीकाली : 2016-10-20 17:21:12

बर्दिया, ४ कात्तिक : सरकारले कृषकलाई उपलब्ध गराएको अनुदानको धानको बीउमा मिसावट हुँदा कृषक मारमा परेका छन् । राष्ट्रिय बीउबिजन कम्पनीले अनुदानमा वितरण गरेको मकवानपुर–१ जातको बीउमा विभिन्न १६ किसिमको धान फलेपछि कृषक मर्कामा परेका हुन् । बीउमा मिसावट भएकै कारण थरिथरिका धान पसाउँदा धानको उत्पादन घट्ने भन्दै कृषकले क्षतिपूर्ति पाउनुपर्ने माग समेत राखेका छन् ।

पुरा पढ्नुहोस्

राजस्व सङ्कलनमा १०८ प्रतिशत वृद्धि

मेचीकाली : 2016-09-23 10:57:44

बर्दिया, ७ असोज : बर्दियामा यस महिनामा भन्सार कार्यालयद्वारा राजस्व सङ्कलनमा १०८ प्रतिशत वृद्धि भएको छ । आव २०७३/७४ मा राजापुर भन्सार कार्यालयको राजस्व असुलीको वाषर््िाक लक्ष्य रु एक करोड ९५ लाख ३० हजार रहेको छ । यस वर्ष गत भदौमा मासिक लक्ष्य १५ लाख ६४ हजार रहेकामा जम्मा १६ लाख ८३ हजार ५३६ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यअनुसार तुलनात्मक १०८ प्रतिशत वृद्धि भएको छ ।

पुरा पढ्नुहोस्

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

मेचीकाली : 2016-09-10 14:55:38

गुलरिया (बर्दिया), २५ भदौ : मयुरबस्तीका २६ कृषकले तरकारी खेतीबाट जीविकापार्जन गर्दै आएका छन् । बढ्दो बेरोजगारी र आत्मनिर्भर बन्न चाहने इच्छाले हिजोआज स्थानीय कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । घट्दो उत्पादन अनि बढ्दो जनसङ्ख्याका कारण खेतीपातीमा रुमल्लिने कृषकका लागि तरकारी खेती आयआर्जनको विकल्पका रुपमा रहेको छ ।

पुरा पढ्नुहोस्

सेनाले गोली चलाएपछि सिकारी भागे

मेचीकाली : 2016-08-25 13:19:32

बर्दिया, ९ भदौ : बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीले गस्ती गर्ने क्रममा बाँसगढी नगरपालिका भास्तालस्थित रहेको पोस्ट नजिकै गएराति नेपाली सेनाले गस्ती गर्ने क्रममा वर्षात्को समयमा चोरी सिकारी गर्ने सिकारी टोलीले एक्कासि सेनामाथि गोली चलाएपछि सेनाले जवाफी फायरिङ गरेको थियो ।

पुरा पढ्नुहोस्

बबई सिँचाइ आयोजनाले बर्दियाको मुहार फेर्दै

मेचीकाली : 2016-07-01 11:21:05

गुलरिया, १७ असार : नेपाल एक भौगोलिक विविधतायुक्त देश हो जहाँ उच्च हिमशृङ्खला, खोँच एवम् गल्छी तथा तराईका समथर फाँट यहाँका भौगोलिक विविधताका उदाहरण हुन् । उत्तरीभागका हिमताल यहाँका जलस्रोतका भण्डार मानिन्छन् । त्यहीँबाट नागबेली भएर दक्षिणतर्फ बग्ने नदीनालाबाट सिञ्चित तराईका गरा नेपालको अन्न भण्डारका रुपमा रहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु