dashain
Wednesday, 17 October 2018 01:01 am, Nepal

विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या

मेचीकाली : 2017-03-09 08:06:49

बर्दिया, २६ फागुन : विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् ।बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले आज घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

पुरा पढ्नुहोस्

कृषि उत्पादन वृद्धिको लागि किसानलाई कृषि सामाग्री बितरण

मेचीकाली : 2017-01-30 08:54:42

बर्दिया, १७ माघ : बर्दियाका किसानहरुलाई कृषि उत्पादन बढाउनका लागि आवश्यक पर्ने १० थान कृषि सामाग्री बितरण गरिएको छ । साना तथा मझौला किसानको आयस्तर बृद्धि आयोजनाको पुरक अनुदान सहयोगमा सञ्चालित मसला प्रसोधन तथा बजारीकरण उपआयोजना अन्तगर्त क्षितिज मसला उद्योग बाँसगढीको आयोजनामा कृषि सामाग्री बितरण गरिएको हो ।

पुरा पढ्नुहोस्

बर्दिया जिल्लाभरी औषधि अभाव

मेचीकाली : 2016-11-30 08:42:26

गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की समेत छैन

बर्दिया, १५ मङ्सिर : बर्दियाका स्वास्थ्य चौकीहरुमा  औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि बर्दियामा अभाव भएको हो । जिल्लाभरीका स्वास्थ्यचौकीमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रो, डिपो जस्ता अत्यावश्यक औषधिसमेत अभाव भएको सानोश्री स्वास्थ्यचौकी इन्चार्ज हरिहर सापकोटाले  बताउनुभयो ।

पुरा पढ्नुहोस्

बाघ अनुगमन सुरु

मेचीकाली : 2016-11-21 18:41:58

बर्दिया, ६ मङ्सिर : बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामरा ट्रापिङ प्रविधिबाट बाघ अनुगमन सुरु गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, जिल्ला वन कार्यालय बर्दिया अन्तर्गतको खाता संरक्षित क्षेत्र, जिल्ला वन कार्यालय कैलालीको छतिवन वन क्षेत्रमा समेत बाघको सङ्ख्या र बाघको आहाराजन्य प्रजातिको अवस्था पत्ता लगाउन कार्यक्रम सुरु गरिएको हो ।

पुरा पढ्नुहोस्

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

मेचीकाली : 2016-10-27 14:04:48

बर्दिया, ११ कात्तिक : आज बिहान करिब १ बजेतिर बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु