dashain
Wednesday, 17 October 2018 07:49 am, Nepal

काँग्रेस नेता गुरुङको हत्या

मेचीकाली : 2010-11-16 09:33:10

बर्दिया, ३० कात्तिक : नेपाली काङ्ग्रेस बर्दिया क्षेत्र नम्बर ३ काकोषाध्यक्ष दलबहादुर गुरुङको खुकुरी प्रहार गरी हत्या गरिएको छ । सोमबार राति १२ बजे खुकुरीप्रहारबाट गम्भीर घाइते रहेका गुरुङको बाँकेको नेपालगन्ज मेडिकल कलेजशिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चढेर मेवालाल गौतम र आनन्द विश्वकर्मासँगै आफ्नो घर फर्कदैगरेका गुरुङलाई ताराताल गाविसका २० वर्षे धिरज चौधरी र १७ वर्षे विजयविकले गुराँस मावि नजिकै खुकुरी प्रहार गरेका थिए ।

पुरा पढ्नुहोस्

हात्ती धपाउने क्रममा दुईको मृत्यु

मेचीकाली : 2010-10-03 13:00:41

बर्दिया, १७ असोज : बर्दियाको शिवपुर गाविस-८ मोहनपुर गाउँ बस्ने २२ वर्षीय शङ्कर चौधरी र २८ वर्षीय क्षेपा चौधरीको बर्दिया निकुञ्जले राखेको विद्युतीय धरापमा परेर शुक्रबार राति मृत्यु भएको छ । बर्दिया निकुञ्जबाट निस्कने हात्तीको बथानले किसानको धानबाली नष्ट गर्न थालेपछि निकुञ्जले हात्तीलाई निकुञ्ज बाहिर जानबाट रोक्न विद्युतीय धराप थापेको थियो । तर हात्तीको बथान किसानका खेतमा आएको भन्दै हात्ती धपाउन गएका दुवैको करेन्ट लागेर मृत्यु भएको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

पुरा पढ्नुहोस्

डुङ्गा पल्टिँदा चार वेपत्ता

मेचीकाली : 2010-08-01 13:47:33

बर्दिया, १६ साउन 
क्षमताभन्दा बढी भार बोकेको डुङ्गा कर्णाली नदीमा पल्टिँदा बर्दिया पाताभार गाविस-९ स्थित सतकट्टीघाटमा एक वालकसहित चार जना वेपत्ता भएका छन् । डुङ्गा पाताभारबाट कैलालीको टीकापुर जानेक्रममा आइतबार मध्यान्ह १२ बजे पल्टिएको प्रहरीले जनाएको छ । डुङ्गा पल्टिँदा पाताभार गाविस-३ बस्ने अन्दाजी १७ वर्षका मान बहादुर थारु, सोही गाविस-९ बस्ने अन्दाजी २५ वर्षकी निलु थापा र उनका १ वर्षका छोरा सोहन वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव खतिवडाले बबताए । अन्य एकको नाम र ठेगाना खुल्न सकेको छैन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु