Monday, 26 June 2017 02:31 am, Nepal

जीवनको सच्चा प्रेम, एक अर्काको सहारा

मेचीकाली : 2017-04-30 13:19:15

कुसुम विक

बर्दिया, १७ वैशाख : ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि’ भने जस्तै रैछ साँच्चै जीवन । बुढेसकालमा छोराछोरीको सहाराभन्दा पनि एक अर्काको बूढाबूढी सहारा बनेर बर्र्दियामा जीवन निर्वाह गर्दै एक वृद्ध जोडी दैनिकी रुपमा मागेर गुजारा चलाउँदै आफ्नो जीवनका बाँकी पलहरु काटिरहेका छन् ।

पुरा पढ्नुहोस्

कमलरी मञ्चकी अध्यक्षद्वारा आत्महत्या

मेचीकाली : 2017-04-13 11:41:23

बर्दिया, ३१ चैत : मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् । बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पढाइ र घर खर्च जुटाउन म्यादी प्रहरी बन्दै महिला

मेचीकाली : 2017-04-04 08:03:38

बर्दिया, २२ चैत : ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो । कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने गत वर्ष नेपाल प्रहरीमा आवेदन दिइन् । छनोटका विभिन्न चरण पार गरेकी दुर्गाले अन्तिममा आएर लिखित परीक्षा पास गर्न सकिनन् ।

पुरा पढ्नुहोस्

प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

मेचीकाली : 2017-03-31 08:29:31

बर्दिया, १८ चैत : बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन् ।

पुरा पढ्नुहोस्

भारतले सीमामा खनेको कुलो सशस्त्रले पुर्न लगायो

मेचीकाली : 2017-03-28 10:45:03

बर्दिया, १५ चैत : बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु