Monday, 16 July 2018 04:27 pm, Nepal

कर्णालीको पर्यटन विकासमा रु ९८ करोडको बजेट

मेचीकाली : 2018-07-08 14:52:29

सुर्खेत, २४ असार : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

द्वन्द्वपीडित राजनको डाक्टर बन्ने इच्छा

मेचीकाली : 2018-06-27 16:49:50

सुर्खेत, १३ असार : दैलेखको महाबु गाउँपालिका– ५ गडिगाउँका १५ वर्षीय राजन रिजाल कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड ल्याउन सफल हुनुभएको छ ।रिजालले दाङको तुलसीपुर उपमहानगरपालिका– १७ स्थित सहिद आवासिय विद्यालयबाट एसइई परिक्षा उत्तिर्ण गर्नुभएको हो । उहाँले एसइई परिक्षामा तीन दशमलव ७५ जिपिएसहित अति उत्तम (ए प्लस) ग्रेड ल्याउनु भएको हो ।

पुरा पढ्नुहोस्

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित

मेचीकाली : 2018-05-15 10:06:41

सुर्खेत, १ जेठ :  कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको प्रतिवेदन तयार भएको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा त्यस क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ ।     

पुरा पढ्नुहोस्

कर्णालीका सरकारी कार्यालयमा फेसबुक बन्द गर्न गृहकार्य सुरु

मेचीकाली : 2018-03-25 18:21:27

सुर्खेत, ११ चैत : कर्णाली प्रदेशका सरकारी कार्यालयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आजबाट छलफल सुरु गर्नुभएको हो । मुख्यमन्त्री शाहीले आज सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखलाई कार्यालयमै बोलाएर छलफल गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

दुर्घटनामा तीनको मृत्यु

मेचीकाली : 2018-02-27 16:47:57

सुर्खेत, १५ फागुन : मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु