Monday, 21 May 2018 09:04 am, Nepal

दुर्घटनामा दुई बालकको मृत्यु

मेचीकाली : 2018-05-20 13:44:45

दाङ, ६ जेठ : दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।

पुरा पढ्नुहोस्

दाङमा सार्वजनिक यातायात बन्द

मेचीकाली : 2018-05-03 16:01:55

दाङ, २० वैशाख : यहाँका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

सीमा क्षेत्रमा स्तम्भ पुनःनिर्माण

मेचीकाली : 2018-03-03 18:06:26

दाङ, १९ फागुन :  दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ । भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन् । तीमध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छन् । नेपालले १४ मुख्य र २१ सहायक सीमा स्तम्भको निर्माण गरिसकेको छ भने बाँकी चार मुख्य र एक सहायक सीमा स्तम्भ बनाउन बाँकी रहेको बताएको छ । नेपाल र भारत सरकारको सहमतिअनुसार नेपालले विजोर र भारतले जोर संख्याका सीमा स्तम्भ मर्मत गरिरहेको बताएको छ ।

पुरा पढ्नुहोस्

पानीमा डुबेका भाइलाई निकाल्न गएका दाजुको पनि मृत्यु

मेचीकाली : 2018-01-25 08:48:24

दाङ, ११ माघ : तुलसीपुरको पातुखोलामा डुवेर एकै घरका दुई दाजुभाइको मृत्य भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका वडा नम्वर ११ हिउल्चा स्थायी घर भएका लोकेन्द्र बहादुर कंवरका छोराहरु १२ बर्षिय कुमार कंवर र १० बर्षिय राज कुमार कंवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पुरा पढ्नुहोस्

मह उत्पादनमा वृद्धि

मेचीकाली : 2017-12-19 13:19:22

दाङ, ४ पुस : जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो ।महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई तीनपटकसम्म मह काढेको बताउनुहुन्छ । गत वर्ष अधिकांश कृषकले एकपटक मात्र मह निकालेका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु