Monday, 21 May 2018 09:05 am, Nepal

महेन्द्रनगरबाट छुटेको बस दुर्घटना : पाँच जनाको मृत्यु

मेचीकाली : 2018-05-13 08:00:30

प्यूठान, ३० वैशाख : कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पहिरामा पुरिएर एकको मृत्यु, पाँच बेपत्ता

मेचीकाली : 2017-07-02 13:28:07

प्युठान, १८ असार : बाढिपहिराबाट ५८ जनाको मृत्यु भएको एक वर्ष पुग्न नपाउँदै सोही ठाउँमा गए राति परेको अविरल वर्षात्का कारण पहिरामा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया तुलसा घर्ती गए रातिदेखि बेपत्ता भएकामा केही समय पहिला मात्रै मृतावस्थामा फेला पर्नुभएको छ ।

पुरा पढ्नुहोस्

स्थानिय निर्वाचनका लागि प्युठानमा एक सय ५१ वटा मतदान केन्द्र

मेचीकाली : 2017-03-31 08:37:20

प्युठान, १८ चैत : स्थानिय तहको निर्वाचनका लागि प्युठानमा एक सय ५१ वटा मतदान केन्द्रको टुंगो लागेको छ । संविधान सभाको निर्वाचनमा एक सय ४० वटा मतदान केन्द्र रहेकोमा स्थानिय तहको नयाँ संरचनासँगै बढाए एक सय ५१ वटा पु¥याईएको हो ।

पुरा पढ्नुहोस्

नयाँ संरचनामा कार्य सम्पादन समस्या

मेचीकाली : 2017-03-28 08:45:13

प्यूठान, १५ चैत : सरकारले स्थानीय तहको नया संरचनाको निर्धारण गरेसगंै नयाँ संरचनावाट आफ्नो काम थालेका प्यूठानका नयाँ गाउँपालिका तथा नगरपालिकाहरुमा भौतिक संरचना नहँुदा कार्यसम्पादनमा समस्या देखिएको छ । सरकारले गाउपालिका तथा नगरपालिकाको लागि वजेटको अख्तियारी दिन ढिलो गर्दा भौतिक संरचनाको अभावमा कार्य सम्पादन प्रभावकारी हुन नसकेको ऐरावती गाउपालिकाका कार्यकारी अधिकृत अर्जुन सेन वलीले वताउनुभयो ।

पुरा पढ्नुहोस्

शुक्रवार प्यूठानमा भएको दुर्घटनाको शव काठमाडौँ लगियो

मेचीकाली : 2017-03-25 08:42:42

प्यूठान, १२ चैत : ललितपुरबाट दर्शनार्थी बोकेर प्यूठानको तीर्थस्थल स्वर्गद्धारी आएको बोलेरो जिप दुर्घटनामा परि मृत्यु भएकाहरुको शव आज विहान जिल्ला प्रशासन कार्यालय प्यूठानको पहलमा हेलिकप्टर मार्फत काठमान्डु पठाईएको छ । हिजो  बिहान ७ वजे बा ८ च १५६१ नम्बरको जिप स्वर्गद्धारी नगरपालिका वार्ड नम्बर ४ रुमालेको सडकबाट करिव ७ सय मिटर तल खस्दा दुर्घटनामा परि ६ महिला र १ पुरुष गरी सात जनाको मृत्यु भएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु