Wednesday, 15 August 2018 09:13 am, Nepal

अप्ठेरो परेर रोल्पा आएँ–प्रधानमन्त्री दाहाल

मेचीकाली : 2017-02-17 17:33:25

रोल्पा, ६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताउनुभएको छ ।प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा आज आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताउनुभएको हो ।राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

नेकपा माओवादी बन्दसत्रमा आजदेखि राजनीति प्रतिवेदनमा छलफल

मेचीकाली : 2017-02-17 08:48:22

रोल्पा, ६ फागुन : नेकपा माओवादीले रोल्पाको हिजोदेखि थबाङमा आठौँ महाधिवेशनको बन्दसत्र सुरु गरेको छ । राजधानी काठमाडौंमा गत १ फागुनमा उद्घाटन गरी थबाङमा सुरु भएको बन्दसत्रमा  पार्टीको नाम, नीति र नेतृत्वका विषयमा छलफल हुनेछ । पार्टीसँग जोडिएको माओवादी नामको पुच्छर हटाउने प्रस्ताव गरिएको छ ।

पुरा पढ्नुहोस्

रोल्पाका ७८ प्रतिशत सहकारी सक्रिय

मेचीकाली : 2017-02-03 11:24:42

रोल्पा, २१ माघ : रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् । जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ । जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ बहुउद्देश्यीय, स्वास्थ्य, सामाजिक उद्यमी, मौरीपालन, जडीबुटी र उपभोक्ता गरी एक÷एक सहकारी छन् भने ८५ वटा कृषि सहकारी रहेका छन् ।

पुरा पढ्नुहोस्

किस्ताबन्दीको राहतले द्वन्द्वपीडितलाई सास्ती

मेचीकाली : 2017-01-31 13:53:41

रोल्पा, १८ माघ : सशस्त्र द्वन्द्वको समयमा भौतिक तथा मानवीय क्षति पुगेकालाई सरकारले उपलब्ध गराउँदै आएको राहत रकम किस्ताबन्दीमा दिँदा झन सास्ती भएको द्वन्द्वपीडितले गुनासो गरेका छन् ।जिल्लामा हाल राहत पाउने द्वन्द्वपीडितको सङ्ख्या चार हजार ९०० रहेको स्थानीय शान्ति समिति रोल्पाका पूर्व संयोजक खेम बुढामगरले जानकारी दिनुभयो । राहत पाउनेमध्ये हालसम्म ९४६ मृतक, ३३ बेपत्ता रहेका छन् ।

पुरा पढ्नुहोस्

जातीको आधारमा प्रदेश सीमाङ्कन घातक : नेता भण्डारी

मेचीकाली : 2017-01-12 11:23:12

रोल्पा, २८ पुस : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमाङ्कन हुन लागेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । ५ नं प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा बुधबार भएको जनसभामा नेता भण्डारीले त्यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको प्रति चिन्ता गर्दै नेता भण्डारीले हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकता हुनसक्ने विचार व्यक्त गरे ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु