dashain
Monday, 15 October 2018 04:38 pm, Nepal

स्थगित मतदान पुनः सुरु

मेचीकाली : 2017-06-28 15:47:44

रोल्पा, १४ असार : मतपेटिकामा तेजाब हालेपछि स्थगित रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ । सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

रोल्पाको थवाङमा चुनावी अभियान तीव्र

मेचीकाली : 2017-06-22 14:27:03

रोल्पा, ८ असार : हरेक पटकको निर्वाचनमा विशेष चर्चाको शिखरमा रहँदै आएको रोल्पाको थवाङले यसपटक पनि धेरैको ध्यान खिच्न सफल भएको छ । यस पूर्व भएका निर्वाचनमा कहिले शून्य मतदान त कहिले पूर्ण मतदान गर्दै चर्चा बटुल्ने थवाङले यसपटक भने नेपाली काँग्रेससँग तालमेल गरी दिएको स्वतन्त्र उम्मेदवारीले विशेष चर्चा पाएको हो ।

पुरा पढ्नुहोस्

हाम्रालाई होइन राम्रालाई मतदान गर्छौ

मेचीकाली : 2017-06-05 11:00:25

लिबाङ (रोल्पा), २२ जेठ : स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–३ धबाङका बलिराम घर्तीमगर र उहाँकी धर्मपत्नी शशी घर्तीमगरले शिरको भारी थमाउनेलाई भोट दिने बताउनुभएको छ । “बुढाबुढीले एउटै आवाजमा भन्नुभयो शिरको भारी थमाउनेलाई हामी भोट दिन्छौँ ।”

पुरा पढ्नुहोस्

रोल्पाका कृषक लसुन खेतीतर्फ आकर्षित

मेचीकाली : 2017-06-05 10:04:56

रोल्पा, २२ जेठ  : रोल्पाको दक्षिण भेगका किसान लसुन खेतितर्फ आकर्षित भएका छन् । लसुन खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानको आकर्षण बढेको हो । बजारमा लसुनले राम्रो भाउ पाउन थालेपछि किसानले व्यवसायीक रुपमा लसुनको खेती गर्न थालेका छन् । विशेष गरि रोल्पाको दक्षिणी भेग होलेरीका किसानले व्यवसायीक रुपमा लसुनको खेती गर्न थालेका हुन् । लसुनलाई पहिले घरमा मसलाका रुपमा खानका लागि मात्रै खेती गरिन्थ्यो ।

पुरा पढ्नुहोस्

एउटै घरका दुई बालकको तालमा डुबेर मृत्यु

मेचीकाली : 2017-03-28 16:38:56

रोल्पा, १५ चैत : घरबाट विद्यालय जान डिँडेका एउटै घरका दुई बालकको आज बिहान रुकुम र रोल्पाको सिमानामा रहेको बागतारे भन्ने स्थानमा तालमा डुबेर मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा रुकुम–७ धरमशालाका विष्णु बुढाकी ११ वर्षीया छोरी सपना बुढा र नौ वर्षीय छोरा जितमान बुढा रहेको थबाङ इलाका प्रहरी कार्यालका प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु