dashain
Wednesday, 17 October 2018 12:53 am, Nepal

दाहालले भने-हामी जनविद्रोहको तयरीमा छौं

मेचीकाली : 2011-02-13 18:42:12

सरकारमा भने छिट्टै जाने

रोल्पा, १ फागुन : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनविद्रोहको अन्तिम तयारीमा रहेको बताएका छन् । अन्तिम प्रक्रियामा पुगेको शान्ति प्रक्रिया र संविधान लेखनमा अवरोध भए जनव्रि्रोह गर्नुको विकल्प नहुने उनले बताए । १६ औं जनयुद्ध दिवस तथा दशौँ जनमुक्ति सेना दिवसको अवसरमा आइतबार रोल्पाको थवाङमा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले जनविद्रोहले सबैखाले सामन्तवादको अन्त्य गरी वास्तविक जनताको सत्ता स्थापना गर्ने बताए ।

पुरा पढ्नुहोस्

बोक्सीको आरोपमा गाउँ निकाला

मेचीकाली : 2011-01-21 16:50:00

रोल्पा, ७ माघ : रोल्पामा बोक्सीको आरोपमा एक महिला गाउँ छोड्न बाध्य भएकी छिन् । जिल्लाको घर्तीगाउँ ९ की ५१ वर्षीया कुमारी ओलीलाई स्थानीय हिरालाल बुढा र दीलबहादुर ओलीले बोक्सीको आरोप लगाउँदै मानसिक यातना दिने गरेको कारण उनले बाध्य भएर गाउँ छोड्नु परेको हो ।राजनीतिक संरक्षणले गर्दा आरोप लगाउनेहरुलाई कारबाही नभएको स्थानीयको भनाई छ । कुमारीलाई गाउँमा पुनःस्थापना गराउने बिषयमा प्रहरीले समेत कुनै चासो नदेखाएको घर्तीगाउँका टिकाराम थापाले जानकारी दिए ।

पुरा पढ्नुहोस्

दुर्घटनामा दुईजनाको मृत्यु

मेचीकाली : 2011-01-16 11:18:39

रोल्पा, २ माघ : रोल्पाको होलेरीमा मिनि ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रोल्पाको सखी गाविसबाट होलेरीका लागि छुटेको रा १ ख ५० नम्बरको ट्रक गएराती ब्रेक फेल भई दुर्घटना हुँदा रोल्पाको सखी-१ का दीपक बोहोरा र सखि-२ का दलबहादुर बोहोराको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको दाङको घोराही र बाँकेको कोहलपुरमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहोस्

पत्रकारको हात खुट्टा भाँचिदिने धम्की

मेचीकाली : 2011-01-07 08:46:51

रोल्पा, २३ पुस : नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सदस्य धनिराम शर्मालाई अज्ञात व्यक्तिले हात खुट्टा भाचिदिने धम्की दिएको छ । हिजो साँझ ७ बजेदेखि ९७२८२५१७५३ नम्बरको मोबाईलबाट पटक पटक हात खुट्टा भाचिदिने धम्की आएको पत्रकार शर्माले बताए । क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा रोल्पाका सल्लाहकारसमेत रहेका शर्मा रेडियो जलजलामा आवद्ध आवद्ध छन्  । जिल्ला प्रहरी कार्यालय रोल्पाले पत्रकार शर्मालाई धम्की दिने व्यक्ति बारेमा अनुसन्धान थालि छिट्टै कारवाही अगाडी बढाउने जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

४० वर्षीय आमाले जन्माइन् ४ सन्तान

मेचीकाली : 2010-11-09 08:40:45

रोल्पा, २३ कात्तिक : एउटी महिलाको कोखबाट सामान्यत एक शिशुको जन्म हुने गर्छ । जुम्ल्याहा बच्चा पाउने समाचार पनि खासै नौलो भने हैन, यस्ता खबर हामीले सर्बत्र सुन्ने गरेका छौं । तर, रोल्पामा एक महिलाले ४ वटा बच्चालाई एकसाथ जन्म दिएर समाजलाई नै आश्चर्य चकित पारिदिएकी छन् । रोल्पाको सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रोल्पा तेवाङ गाबिसकी ४० बर्षीया टिका विकले ४ वटा स्वस्थ बच्चा जन्माएकी छिन। सोमबार विहान ८ बजे सुरुमा एउटा छोरो जन्माएकि विकले त्यसको १० घण्टापछि बेलुकी ६ बजेतिर  ३ वटि छोरी जन्माएकी छिन ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु