Sunday, 18 November 2018 06:38 pm, Nepal

अस्पतालमा पानीको अभाव

मेचीकाली : 2017-02-11 08:44:08

सल्यान, २९ माघ : जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ ।चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ ।

पुरा पढ्नुहोस्

सल्यानमा एक महिलाको हत्या

मेचीकाली : 2017-02-08 08:54:09

सल्यान, २६ माघ : सल्यानमा एक महिलाको हत्या भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ निवासि ६० बर्षिय टिकि वलीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हिजो घर नजिकै मृत अवस्थामा फेला परेकी वलीको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

पुरा पढ्नुहोस्

कुलो मर्मतपछि किसान खुशी

मेचीकाली : 2017-01-24 08:48:04

सल्यान, ११ माघ : वर्षायाममा कुलो मर्मतका लागि दिनदिनै दुःख झेल्ने गरेका रामपुर ८ का किसानहरुमा कुलो मर्मत भएपछि खुशी छाएको छ । आफ्नो करिब १५ हेक्टर जमिनमा सिचाईका लागि कुलो निर्माण भएपछि उनीहरुमा खुशी छाएको हो ।

पुरा पढ्नुहोस्

साठी घरको एउटा कुवा, तीनदिनमा एकगाग्री पानी

मेचीकाली : 2017-01-06 14:07:04

रमेश कुमार वली

सल्यान, २२ पुस : पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ । जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो ।

पुरा पढ्नुहोस्

वोक्सी भगाउन भन्दै अमानविय व्यवहार गर्ने चार जनालाई ५० हजार सहित ५ वर्ष कैद

मेचीकाली : 2016-12-20 08:43:31

सल्यान, ५ पुस : सल्यानको कुपिण्डेदहकी एक महिलालाई अमानविय व्यवहार गर्ने चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ । कुपिण्डेदह–४ ज्यामिरेकी २० वर्षिया एक महिलालाई अमानविय व्यवहार गर्ने सोहि ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र  कुपिण्डेदह ५ की ४५ वर्षिय ललि पुनलाई ५ वर्ष कैद र जनहि ५० हजार रुपैँयाको फैसला सुनाएको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्तेदार हरि राम्जाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु