Sunday, 17 December 2017 08:07 am, Nepal

सल्यानको बन्गाडमा झाडापखालाको प्रकोप

मेचीकाली : 2017-10-08 10:17:32

सल्यान, २२ असोज : सल्यानमा झाडापखालाको प्रकोप देखिन थालेको छ । जिल्लको बन्गाड कुपिण्डे नगरपालिका वडा ७ घाँजरीपिपको गोठीखोलामा झाडा पखालाले स्थानीय बिरामी पर्न थालेका छन् । घाँजरीपिपलको गोठिखोलामा स्थानीय जसोता वली,कौशिला खडका लगाएत ६ जना विरामी परेको स्थानीय तुलसी वलीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

सल्यानमा छोराद्वारा बाबुको हत्या

मेचीकाली : 2017-10-03 08:43:35

सल्यान, १७ असोज : सल्यानमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ स्थित ज्यामिरेका  अन्दाजी ३० नन्द यरीले आफ्नै बाबु ७७ वर्षिय कमारो यरीलाई दाउराको चिपर्ट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ  ।

पुरा पढ्नुहोस्

अविरल वर्षाले गर्चेबजार जोखिममा

मेचीकाली : 2017-07-21 12:36:13

सल्यान, ६ साउन : अविरल वर्षाका कारण जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ । लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा परेको हो ।

पुरा पढ्नुहोस्

स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ काँग्रेस नेता कारबाहीमा

मेचीकाली : 2017-06-05 16:24:48

सल्यान, २२ जेठ : गत वैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ जना नेपाली काँग्रेसका स्थानीय नेता कारबाहीमा परेका छन् । हालै सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली काँग्रेस सल्यानले १६ जना आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो ।

पुरा पढ्नुहोस्

बीउमा कृषकलाई अनुदान

मेचीकाली : 2017-05-02 14:02:46

सल्यान, १९ वैशाख : जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु