Sunday, 17 December 2017 07:52 am, Nepal

स्थगित भएको पश्चिम रुकुमका दुई मतदान केन्द्रमा आज मतदात हुँदै

मेचीकाली : 2017-12-01 10:25:59

रुकुम, १५ मंसिर : स्थगित भएको पश्चिम रुकुमका दुई मतदान केन्द्रमा आज मतदात हुँदैछ ।पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा मतदान हुन लागेको हो ।पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

रुकुममा जीप दुर्घटना ७ जनाको मृत्यु

मेचीकाली : 2017-11-25 08:36:44

रुकुम, ९ मंसिर : रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा गयराती भएको जीप दुर्घटनामा परि ७ जनाको ै मृत्यु भएको छ ।दुर्घटनामा हुँदा अरु तीन जना गम्भीर घाईते भएका छन् । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँस्थित सडकबाट करीब २०० मिटर तल खसेको थियो ।

पुरा पढ्नुहोस्

चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार

मेचीकाली : 2017-08-20 15:33:25

रुकुम, ४ भदौ : जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने

मेचीकाली : 2017-08-04 08:25:53

रुकुम, २० साउन : वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ ।यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

नवनिर्वाचित वडा सदस्यको हत्या

मेचीकाली : 2017-07-11 10:13:06

रुकुम, २७ असार : रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ जाङमा नवनिर्वाचित वडा सदस्यको हत्या भएको छ । जाङका नवनिर्वाचित दलित महिला सदस्य २७ वर्षिया बयानसरी कामीको हत्या भएको  जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए । घटनाको खबर पाएपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरी टोलीले श्रीमतिको हत्या आरोपमा श्रीमान ३८ वर्षिय तेजबहादुर कामीलाई पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु