Saturday, 24 June 2017 11:09 pm, Nepal

रुकुमको ३ गाउँपालिकामा ४ सय १२ जनप्रतिनीधि चुनावी मैदानमा

मेचीकाली : 2017-06-24 08:44:34

रुकुम, १० असार : प्रदेश नं. ५ अन्र्तगत रुकुमको पूर्वी भागमा पर्ने ३ वटा गाउँपालिकामा ४ सय १२ जना जनप्रतिनीधिहरुले स्थानीय चुनावमा प्रर्तिस्पर्धा गर्ने भएका छन् । जिल्लाका ३ गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगाबाट असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावमा स्थानीय जनप्रतिनीधिहरु चुनावी मैदानमा उत्रिएका हुन् ।

पुरा पढ्नुहोस्

एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार

मेचीकाली : 2017-06-13 15:49:34

रुकुम, ३० जेठ : दोस्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भुमे गाउँपालिकाको एउटा वडामा एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् ।भुमे गाउँपालिका वडा नं ५ मा एउटै घरका सहोदर दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेर अहिले चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

पुरा पढ्नुहोस्

दुई हजार क्विन्टल जडीबुटी निकासी

मेचीकाली : 2017-05-26 16:19:44

रुकुम, १२ जेठ : चालु आवको नौ महिनामा दुई हजार क्विन्टल जडीबुटी जिल्ला बाहिर निकासी भएको छ । साउनदेखि वैशाखसम्ममा सो परिमाणको विभिन्न प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको हो । जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालका अनुसार गत वर्ष जिल्लाबाट तीन हजार ४२८ क्विन्टल जडीबुटी निकासी भएको थियो ।

पुरा पढ्नुहोस्

बन्चरो प्रहार गरी साथीको हत्या

मेचीकाली : 2017-04-21 08:17:26

रुकुम, ८ वैशाख : यहाँ एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् ।जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

रुकुममा एक लाख मतदाता

मेचीकाली : 2017-04-12 08:26:46

रुकुम, ३० चैत : आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन् । यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु