Monday, 18 December 2017 03:12 am, Nepal

कालीकोटमा घर भत्किँदा तीनजनाको मृत्यु

मेचीकाली : 2015-03-03 14:29:21

कालीकोट, १९ फागुन : तीन दिनदेखिको अविरल वर्षाले कालीकोटको थिर्पु गाविसमा गएराति घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थिर्पु गाविस–५ बेर्सैनकोटका ३५ वर्षीय दलबहादुर रोकाया, उनकी श्रीमती ३४ वर्षीया मिमसरा र सात वर्षीया छोरी सविता छन् ।

पुरा पढ्नुहोस्

अज्ञात रोगका कारण दर्जनौ पशु चौपाया मरे

मेचीकाली : 2014-07-29 08:47:05

कालीकोट, १३ साउन : कालिकोटको खिन गाबिसका स्थानिय बासिन्दाका दर्जनौ पशु चौपायाहरु खिनको लेकमा अज्ञात रोगका कारण मरेका छन् । गाईभैसीका खुट्टा सुनिने, र्याल गाड्ने, ढोक्राउने घाँस नखाने जस्ता लक्षण देखिएको २ दिनमै मर्न थालेको स्थानियखिनबासि ऐन बहादुर महताराले बताउनुभयो । 


पुरा पढ्नुहोस्

अवैध हातहतियार बुझाउने समय एक महिना थप

मेचीकाली : 2014-07-09 10:54:18

कालीकोट, २५ असार : संविधानसभाको निर्वाचनताका देशभर अवैध हातहतियार बुझाउनका लागि जिल्ला प्रशासन कार्यालय कालीकोटले अनुरोध गरे पनि एउटै हातहतियार बुझाउन नआएपछि अहिले अवैध हातहतियार बुझाउने एक महिनाको समय थप गरेको छ ।


पुरा पढ्नुहोस्

कारागारभित्र मर्ने गरी कुटिन्छन् कैदीबन्दी

रासस: 2014-06-09 14:15:33

कालीकोट, २६ जेठ : सुध्रिने अवसर पाएका कैदीबन्दी कारागारमा गएर पनि स्वतन्त्र रुपमा बस्न पाउने वातावरण नहुँदा कालीकोट कारागारमा रहेका कैदीबन्दीले असुरक्षाको महसुस गर्न थालेका छन् । पछिल्लो समयमा जिल्ला कारागार कालीकोट शाखामा कैदीले एकापसमा स–साना कुरामा विवाद गर्नेबित्तिकै कारागार बाहिर लिएर गई शारीरिक यातना दिने क्रम सुरु भएपछि कैदीबन्दीमा सन्त्रास फैलिएको छ । 


पुरा पढ्नुहोस्

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

मेचीकाली : 2014-04-16 13:39:20

कालीकोट, ३ वैशाख : नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाउनुभएको छ । नेकपा–माओवादी कालीकोटको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता चन्दले बाह्रबुँदे सहमतिमा उल्लेखित बुँदामा संविधानमा जनताका कुरा लेख्ने विषय समावेश भएको भए पनि अहिले परिस्थिति सहज भएपछि काँग्रेस र एमाले त्यसबाट पछि हटेको आरोप लगाउनुभयो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु