Tuesday, 19 December 2017 02:14 am, Nepal

भोकमरीको चामल सदरमुकाममा थन्कियो

मेचीकाली : 2016-12-19 15:31:35

कालीकोट, ४ पुस : जिल्लामा गत वर्ष खडेरीका कारण बालीनाली नष्ट भएपछि जनतालाई खाद्यान्न सङ्कट पर्ने भन्दै दिएको चामल ढुवानी अभावमा सदरमुकाममा थन्किँदा स्थानीयवासीलाई समस्या भएको छ । सदरमुकाममा चामल छ गाउँमा भोकमरी भएको ढुवानी अनुदानमा चामल आउँछ भनेर जनतालाई काम गरेको कार्यसम्पन्न भइसक्दा पनि चामल नपाएपछि स्थानीयवासी आश्चर्यचकित परेका छन् ।

पुरा पढ्नुहोस्

मन्त्रालयमा बसेर जिविसको तलब खाँदै एलडिओ

मेचीकाली : 2016-03-31 15:29:54

कालीकोट, १८ चैत :  कालीकोट जिल्लाको प्रमुख विकास आयोजनाको मुख्य कार्यालय जिल्ला विकास समिति विगत तीन महिनादेखि निमित्तको भरमा सञ्चालन हुँदै आएकोे छ । गएको पुस २६ गते एकहप्ते काजमा नेपालगन्ज जानुभएका तत्कालीन स्थानीय विकास अधिकारी टीकाराम ज्ञवाली जिल्ला नफर्किँदा जिल्ला विकास समिति कालीकोट झन्डै तीन महिनादेखि कार्यालय प्रमुखविहीन भएको छ । स्थानीय विकास अधिकारी नहुँदा कार्यालयबाट हुने हरेक किसिमका काम समयमै हुन नसकेको सेवाग्राहीले बताउन थालेका छन् ।

पुरा पढ्नुहोस्

अज्ञात रोगका कारण कालिकोटमा दुई जनाको मृत्यु

मेचीकाली : 2016-03-07 17:46:15

कालिकोट, २४ फागुन : कालिकोट जिल्लामा अज्ञात रोगका कारण दुई जनाको आज मृत्यु भएको छ । जिल्लाको कुमालगाउ वडा नं १ वदाल्काडाँमा दुई जनाको निधन भएको हो । टाउको दुख्ने, पखाला लाग्ने र वान्ता हुने जस्ता लक्षण देखिएको दुई घण्टा भित्रै दुई जनाको निधन भएको हो ।

पुरा पढ्नुहोस्

पैसासहित श्रीमती अर्कोसँग गएपछि बिचल्ली

मेचीकाली : 2016-02-29 14:21:52

कालीकोट, १७ फागुन : जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमान्ले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् ।    जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

पुरा पढ्नुहोस्

जिल्ला सभापतिमा बम निर्वाचित

मेचीकाली : 2016-02-15 11:23:38

कालीकोट, ३ फागुन : नेपाली काँग्रेस कालीकोट जिल्लाको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हर्षबहादुर बम निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाबाट कुल मत २७२ मध्ये बमले १४४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कालीबहादुर सहकारीले १२८ मत प्राप्त गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु