dashain
Wednesday, 17 October 2018 01:16 am, Nepal

फोन गर्न चारघन्टा पैदल हिँड्छन्, प्रहरी कर्मचारी

मेचीकाली : 2017-03-14 10:41:18

जुम्ला, १ चैत : यहाँको ताम्ती गाविस टोप्लास्थित अस्थायी प्रहरी चौकीका प्रहरीलाई फोन सम्पर्कका लागि ३ घन्टा पैदल हिँड्नु पर्दछ । ताम्ती गाविसमा नेपाल टेलिकमको जिएसएम टावर नै छैन र सिडिएमए सहज पहुँचमा नहुँदा भनेको बेला फोन सम्पर्क नसकिएको स्थानीयवासी बताउँछन् । गाविसमा ठूला घटना पर्दा जिल्लामा सम्पर्क गर्ने सञ्चारको सहज माध्यम नहुँदा ४ घन्टाको पैदल बाटो हिँडेर कुडारी गाविसमा पुगेपछि फोन सम्पर्क गर्नु परेको अस्थायी प्रहरी ताम्तीका इन्चार्ज जीवराज योगीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

गाउँमा सामुदायिक स्वास्थ्य शिक्षा सिकाउँदै नर्सिङका विद्यार्थी

मेचीकाली : 2017-02-23 14:31:22

जुम्ला, १२ फागुन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ महाविद्यालय जुम्लामा अध्ययनरत विद्यार्थीले गाउँमा सामुदायिक स्वास्थ्य शिक्षासम्बन्धी चेतना दिन थालेका छन् । विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई राखेर उनीहरुले सामुदायिक स्वास्थ्य शिक्षा दिन थालेका हुन् ।

पुरा पढ्नुहोस्

कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लामा औषधीको अभाव

मेचीकाली : 2017-02-23 08:46:40

जुम्ला, १२ फागुन : कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लामा औषधीको अभाव भएको छ । औषधी अभावका कारण उपचारका लागि आउने विरामीलाई समस्या परेको छ । कर्णालीका विभिन्न जिल्लाबाट आएका विरामीहरु औषधालयमा औषधी नभए पछि रित्तै हात घर फर्कन बाध्य छन् । ढाड कम्मर दुख्ने, महिनावारी अनियमित हुने, थोरै हिंड्दा धेरै थाकान महशुस हुने जस्ता समस्या भएका विरामीहरु दैनिक जसो औषधालयमा आउने भएपनि औषधी सकिएका कारण रित्तै हात फर्काउनु पर्ने अवस्था रहेको औषधालयका वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेले बताउनुभयो ।

पुरा पढ्नुहोस्

चार प्रतिशत बालबालिका विद्यालय बाहिर

मेचीकाली : 2017-02-21 10:54:57

जुम्ला, १० फागुन : यहाँका चार प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला शिक्षा कार्यालय जुम्लाले ‘भर्ना अभियान र यसको औचित्य’ कार्यपत्र सार्वजनिकीकरण कार्यक्रममा सोमबार यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस्

राप्रपा जुम्लाको अधिवेशन लम्बियो

मेचीकाली : 2017-02-10 11:41:16

जुम्ला, २८ माघ : यही माघ २५ गतेदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको पदाधिकारी विवादले जिल्ला अधिवेशन लम्बिएको छ । अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु