Wednesday, 21 February 2018 12:58 pm, Nepal

खडेरिका कारण जुम्लामा २५ हेक्टर क्षेत्रफल वनमा डढेलो फैलियो

मेचीकाली : 2018-01-23 13:22:30

जुम्ला, ९ माघ : खडेरिका कारण जुम्लामा वनमा डढेलो लाग्ने क्रम बढेको छ । जिल्लाका विभिन्न सामुदायीक वनहरुमा गरि झन्डै २५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको जिल्ला वन कार्यालय जुम्लाले जनाएको छ । यसअघि पुस÷माघको समयमा वनजंगलहरु हिउँले भरिने भएकाले आगलागी हुँदैन थियो । यो वर्ष हिउँ नपर्दा डढेलो फैलिएको बताइएको छ ।

पुरा पढ्नुहोस्

हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

मेचीकाली : 2018-01-20 13:48:41

जुम्ला, ६ माघ : माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ ।हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ ।

पुरा पढ्नुहोस्

कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको जनजीवन कष्टकर

मेचीकाली : 2017-12-27 14:26:31

जुम्ला, १२ पुस : कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ । जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ । हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरुको भीड छ । अत्यधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

पुरा पढ्नुहोस्

सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’

मेचीकाली : 2017-12-16 13:55:26

जुम्ला, १ पुस : जुम्ला प्रदेश (क) का नवनिर्वाचित सभासद् नरेश भण्डारीले प्रदेश नं ६ को सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’को परिकल्पना गरिएको बताउनुभएको छ ।पत्रकारसँग शुक्रबार बेलुका भएको भेटघाट कार्यक्रममा सभासद् भण्डारीले ‘शासकीय सोचका कारण उत्पीडिनमा परेको कर्णाली’लाई विकासको मूलप्रवाहमा ल्याउन ६ नं प्रदेशमा ग्रीष्मकालीन र शीतकालीन राजधानीको परिकल्पना अघि सारिएको बताउँदै भन्नुभयो, “संघीयताको भ्रुण कर्णालीमा नै थियो ।

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनले मध्य पहाडका फलफूल उच्च हिमाली भेकमा फल्न थाले

मेचीकाली : 2017-10-28 12:48:36

जुम्ला, ११ कात्तिक : एक दशकअघि उच्च हिमाली भेकमा हलुवावेद नाम सुन्दा यो के हो भनेर सोध्ने गरिन्थ्यो । अनार फल त दारिमजस्तै हुँदो रहेछ, यो हाम्रो ठाउँमा फल्छ होला भनेर अड्कल काटिन्थ्यो । अमिलो लिन कालीकोट, दैलख र सुर्खेतसम्म पुग्थे, यहाँका नागरिक । टिमुर नासोको रुपमा जाजरकोटबाट मगाइन्थ्यो । अहिले यी सबै फलफूल भने जुम्लाका केही बस्तीमा फल्दै आएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु