Happy tihar
Friday, 20 October 2017 12:59 pm, Nepal

ठूलीभेरीमा फसेका तीन जनाको उद्धार

मेचीकाली : 2017-09-05 15:21:14

दुनै (डोल्पा), २० भदौ : ठूलीभेरी नदीमा ट्र्याक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्र्याक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

डोल्पावासीको चामल दुईवर्षदेखि काठमाडौँमै

मेचीकाली : 2017-08-29 17:08:58

वर्षमा एक पटक मात्र सरकारी सहुलियतको खाद्यान्न

दुनै, १३ भदौ : डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् ।विगतका वर्षमा सरकारले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दाका लागि सहुलियतको चामल नुनलगायत खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । तर केरुङ नाका विवादपछि उपल्लो डोल्पाका बासिन्दाका लागि सरकारले उपलब्ध गराउँदै आएको चामल दुई वर्षदेखि काठमाडौँमै थन्किएको छ ।

पुरा पढ्नुहोस्

सामाजिक कार्यमा सक्रिय बन्दै सेना

मेचीकाली : 2017-07-21 12:35:21

दुनै (डोल्पा), ६ साउन : दुर्गम जिल्ला डोल्पामा पछिल्लो समयमा नेपाली सेनाले सामाजिक गतिविधिका काममा आफ्नो सक्रियता बढाएको छ । वर्षात्को समयमा पहिरोले बाटोघाटो भत्केर आवागमन ठप्प हुँदा बाटो खुलाउनेसम्म कार्यदेखि कुनै व्यक्ति घरमै बिरामी पर्दा अस्पतालसम्म बोकेर लैजाने र बिरामीलाई प्राथमिक उपचारको व्यवस्थासमेत सेनाले गर्दै आएको छ ।

पुरा पढ्नुहोस्

सञ्चार सुविधा नभएर अलगथलग बनेको उपल्लो डोल्पाका जनताको माग कसैले सुनेन

मेचीकाली : 2017-06-08 16:29:19

रामचन्द्र न्यौपाने

दुनै (डोल्पा), २५ जेठ : क्षेत्रफलको हिसाबले मुलुकको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो र यसको आधा भूभाग उपल्लो डोल्पाले ओगटेको छ तर, यो भेगमा अझैसम्म टेलिफोन सेवा पुग्नसकेको छैन । दुर्गम जिल्लाको यो भेगका जनता वर्षौंदेखि सञ्चारविहीन हुँदा पनि राज्यको ध्यान पुग्न सकेको छैन । इन्टरनेट सुविधा पाउनु त उपल्लो डोल्पालीका लागि सपना जस्तै हो ।

पुरा पढ्नुहोस्

हिमपातः धोदेखि साल्दाङ जान हेलिकप्टर

मेचीकाली : 2017-05-02 14:04:23

डोल्पा, १९ वैशाख : स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु