Monday, 21 May 2018 09:00 am, Nepal

कार्यक्रममै ढलेका वडाध्यक्षको मृत्यु

मेचीकाली : 2018-04-14 18:55:26

मुगु, १ वैशाख : रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए । स्थानीय निर्वाचनमा उनी नेकपा (एमाले) बाट निर्वा्चित भएका थिए ।

पुरा पढ्नुहोस्

आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको छ : प्रम

मेचीकाली : 2018-04-14 11:07:33

मुगु, १ वैशाख :  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । राराबाट देशवासीका नाममासम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै भने, ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ, हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’’प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै गत सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताए ।

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीसहितको टोली रारामा

मेचीकाली : 2018-04-13 20:48:30

मुगु, ३० चैत : डोल्पालीसँगको भेटघाटसँगै त्रिपुरासुन्दरी मन्दिरको दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठूलो ताल रारा पुगेका छन् । नयाँ वर्ष वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न प्रधानमन्त्री ओली आज अपराह्न रारा पुगेका हुन् । उनले आजै डोल्पाको शे–फोक्सुण्डो र ढोरपाटन शिकार आरक्ष अवलोकन गरे ।  राराताल पुग्नुभएका प्रधानमन्त्रीको रात्रिबास भने श्रीदल गुल्म रारामा हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिए ।शर्माका अनुसार आज नै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक रारामा बसेको छ ।

पुरा पढ्नुहोस्

भाइरल प्रकोप बढ्दो, एक सातामा दर्जनौँको मृत्यु

मेचीकाली : 2017-12-02 17:11:03

५० वर्षभन्दा माथिका दमरोग रक्तचाप कम र बढी भएका महिला पुरुषलाई रोगले बढी च्यापेर धमाधम मृत्यु

मुगु, १६ मंसिर : जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौँको मृत्यु भइसकेको छ । जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ, रुघा खोकीले गाउँ निकै प्रभावित बनेको छ छायानाथ रारा नगरपालिका–१ का स्थानीयवासी धनबहादुर मल्लले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

रोगले कुखुरा मर्न थालेपछि किसान चिन्तामा

मेचीकाली : 2017-03-07 08:49:00

मुगु, २४ फागुन : रुगा गाविस वडा नम्बर २ लह गाउँका किसानले पालेका कुखुरा फाउल कल्यारा नामक रोगका कारण धमाधम मर्न थालेपछि स्थानीय कुखुरा पालक किसान चिन्तामा परेका छन् । लह गाउँका कृषकले पालेका एकसय ५० भन्दा बढी स्थानिय जातका कुखुरा एक हप्ता यता बाट मरेका स्थानीयवासीले बताए । सुरुमा झोक्राउने, मुखबाट फिंज निकाल्ने र आँखा सुनिने तथा त्यसको लगतै कुखरा मर्ने गरेको उनिहरुको भनाइ छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु