Sunday, 19 August 2018 09:26 pm, Nepal

विद्यालयलाई साढे आठ लाखका सामग्री सहयोग

मेचीकाली : 2017-06-12 08:23:33

पर्वत, २९ जेठ : पर्वतमा क्रियाशील लायन्स क्लब अफ कुश्मा सिटीले जिल्लाका विभिन्न विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । विपन्न बालबालिकाले अध्ययन गर्ने जिल्लाका नौ वटा विद्यालयलाई कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, बोर्ड तथा अन्य शैक्षिक सामग्री गरी रु साढे आठ लाख बराबरका सामग्री सहयोग गरेको हो । जापानमा रहेको लायन्स क्लब अफ नाागासाकीको सहयोगमा उक्त सहयोग गरिएको हो ।

पुरा पढ्नुहोस्

जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

मेचीकाली : 2017-06-07 10:21:13

पर्वत, २४ जेठ : विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ ।

पुरा पढ्नुहोस्

भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

मेचीकाली : 2017-05-25 11:21:37

पर्वत, ११ जेठ : भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

बलेवा विमानस्थल सञ्चालन गर्ने नवनिर्वाचित नगरप्रमुखको प्रतिबद्धता

मेचीकाली : 2017-05-22 08:22:38

पर्वत, ८ जेठ : हालै निर्वाचित पर्वतको कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले विगत दुई दशकभन्दा अघिदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

पुरा पढ्नुहोस्

धौलागिरिको पहिलो व्यावसायिक चियाखेती अलपत्र

मेचीकाली : 2017-05-16 15:45:12

फलेवास (पर्वत), २ जेठ : धौलागिरि अञ्चलमा पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेती संरक्षणको अभावमा अलपत्र परेको छ । स्थानीयवासीको बेवास्ताका कारण जिल्लाको महाशीला गाउँपालिकास्थित फलाम खानीमा सातवर्ष अगाडि जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती अहिले गौचरणमा परिणत भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु