dashain
Monday, 22 October 2018 01:51 pm, Nepal

आगलागी पीडितलाई छिमेकीले बनाई दिए नयाँ घर

मेचीकाली : 2018-10-13 08:09:38

पर्वत, २७ असोज : आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन् । महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आउनुभएका उहाँका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर र दक्षिण कोरियामा बस्दै आउनुभएकी दीपा रानाले गोठ निर्माणमा गरिदिनुभएको हो ।

पुरा पढ्नुहोस्

धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै

मेचीकाली : 2018-10-10 04:28:24

पर्वत,२४ असोज : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा १३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा रु दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका छन् । घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुश्मा नगरपालिका–२ का २० वर्षीय विनोद नेपाली पुर्पक्षका लागि रु दुई लाख धरौटीमा छुटेका हुन् ।

पुरा पढ्नुहोस्

बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

मेचीकाली : 2018-10-04 11:31:05

पर्वत, १८ असोज : बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

पुरा पढ्नुहोस्

तीजमा दर खाने रकम पीडितलाई सहयोग

मेचीकाली : 2018-09-06 10:07:52

पर्वत, २१ भदौ : पर्वत मिलन महिला समूहले मृगौला पीडित र कलेजो रोग पीडितलाई आर्थिक सहयोग गरेको छ । तीजमा दर खाने रकम जोगाएर मृगौला पीडित कुश्मा नगरपालिका ८ का थमन विकलाई २८ हजार र  कलेजो रोग पीडित कुश्मा नगरपालिका ५ का तिला माझीलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको समूहले जनाएको छ ।

पुरा पढ्नुहोस्

विकट गाउँको होमस्टेमा ३९ परिकार

मेचीकाली : 2018-06-13 13:50:17

पर्वत, ३० जेठ : यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ । पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो । जिल्लाको साबिक लुंखुदेउराली, दुक्तान र पाखानीको सिम्ले गरी तीन स्थानमा होमस्टे सेवा शुरु गरिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु