Friday, 17 August 2018 10:31 pm, Nepal

दलहरु चुनावमा होमिए

मेचीकाली : 2017-04-06 17:47:55

बागलुङ, २४ चैत : चुनाव लक्ष्यित कार्यक्रम लिएर दलहरु गाउँ पसेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा दलहरुको आन्तरिक तयारी तीव्र बनेको छ । सङ्गठन निर्माण, उम्मेदवार छनोट र प्रचारप्रसारमा दलहरु व्यस्त छन् । नगर, गाउँ हुँदै वडासम्म चुनावी सरगर्मी बढेको छ । आ–आफ्ना मुद्दा मतदातालाई बुझाउँदै जनमत बटुल्ने योजनामा दलहरु छन् ।

पुरा पढ्नुहोस्

धौलागिरिमा ‘थ्रिजी’ सेवा थप विस्तार

मेचीकाली : 2017-04-04 10:18:57

बागलुङ, २२ चैत : धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पु¥याइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो ।

पुरा पढ्नुहोस्

बागलुङमा एक सय पाँच मतदान केन्द्र

मेचीकाली : 2017-03-18 10:27:42

बागलुङ, ५ चैत : स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ ।

पुरा पढ्नुहोस्

बाख्रापालनबाट फेरियो जीवन

मेचीकाली : 2017-02-20 14:00:56

बागलुङ, ९ फागुन : जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ । पाँचवर्षअघि व्यावसायिकरुपले सुरु गरेको बाख्रापालनले उहाँलाई यथेष्ट आम्दानी दिन थालेकाले उहाँ सफल उद्यमी बन्नुभएको हो ।

पुरा पढ्नुहोस्

१३ करोड भन्दा बढीको सुन्तला उत्पादन

मेचीकाली : 2017-01-07 17:46:13

बागलुङ, २३ पुस : जिल्लामा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु