Monday, 16 July 2018 07:55 pm, Nepal

उद्यमी तयार गर्दै गाउँपालिका

मेचीकाली : 2018-07-04 16:34:45

बागलुङ, २० असार : ताराखोला गाउँपालिकाले स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । जनशक्तिलाई उत्पादनसँग जोडेर स्वाधीन गाउँपालिका बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम अघि बढाएको हो । उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

पहिरोले घर बगाउँदा बाग्लुङको बरेङमा एकै घरका तीनको मृत्यु

मेचीकाली : 2018-06-26 18:55:10

बाग्लुङ, १२ असार : वर्षापछि गएको पहिरोले घर बगाउँदा बागलुङको बरेङमा एकै घरका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीय विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

‘लिफ्ट’ गरेर खानेपानी ल्याइने

मेचीकाली : 2018-04-24 13:21:06

बागलुङ, ११ वैशाख : बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ । स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कूल रु ३२ करोड २५ लाखमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । सहलगानीको आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत योगदान रहनेछ ।

पुरा पढ्नुहोस्

शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान

मेचीकाली : 2018-03-20 14:01:23

बागलुङ, ६ चैत : यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ । यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ ।

पुरा पढ्नुहोस्

तीन घण्टा हिँडेर विद्यालय

मेचीकाली : 2018-03-17 13:19:54

बागलुङ, ३ चैत : बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ । खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल तीन घण्टामा विद्यालय पुग्छन् । शारीरिक र मानसिक थकान बोकेर विद्यालय छिर्ने छन्त्याल घर फर्कदा साँझ छिप्पिसकेको हुन्छ । कक्षाकोठाको भन्दा दोब्बर समय उनको विद्यालय जाँदाआउँदा खर्च हुन्छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु