Monday, 16 July 2018 04:07 pm, Nepal

तरकारीखेतीको आम्दानीले जीवनस्तर फेरियो

मेचीकाली : 2018-07-14 14:48:31

म्याग्दी, ३० असार : म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु ६० हजार ऋण नपाएर छट्पटिएका घिमिरे अहिले तरकारी खेतीबाट नै मासिक ६० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पुरा पढ्नुहोस्

धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’

मेचीकाली : 2018-07-11 13:39:51

म्याग्दी, २७ असार : धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफ्ूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो ।

पुरा पढ्नुहोस्

मल उद्योग स्थापना

मेचीकाली : 2018-04-18 13:09:12

म्याग्दी, ५ वैशाख : रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ । अस्टे«लियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको कृषिजन्य वस्तुबाट मल कारखानाको स्थापना गरिएको हो । खेतीयोग्य जमिनको प्रयोग गदै गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई आकर्षित गराउन गाउँपालिकाले पहिलो चरणमा ४० कृषकलाई तालीम प्रदान गरेको थियो ।

पुरा पढ्नुहोस्

सहकारीको रु चार अर्ब लगानी

मेचीकाली : 2018-04-08 17:33:56

म्याग्दी, २५ चैत: जिल्लाका सहकारी संस्थाले वार्षिक करीब रु चार अर्ब लगानी गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा यहाँका सहकारीले रु तीन अर्ब ७० हजार ६५ लाख ७८ हजार लगानी गरेका बागलुङ सहकारी डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार म्याग्दीमा २१५ वटा सहकारी संस्था स्थापना भएकामा ती संस्थामा आबद्ध ४३ हजार ४८५ जनाको रु ५२ करोड ६६ लाख ९५ हजार शेयर रहेको सहकारीमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५९ करोड, २३ लाख ८५ हजार बचत रहेको सहकारी निरीक्षक डिलबहादुर केसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

सुरुङ खन्दा पानीको मुहान सुक्यो

मेचीकाली : 2018-03-16 13:45:40

म्याग्दी, २ चैत : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ ।बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो । उक्त ठाउँबाट पाइपमार्फत ल्याएको पानी प्रभा मावि, नेपाली सेनाको क्याम्प र पटार गाउँका बासिन्दाले उपभोग गर्दै आएका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु