Friday, 27 April 2018 10:37 am, Nepal

मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु

मेचीकाली : 2018-02-14 16:24:10

मुस्ताङ, २ फागुन : मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ ।मुस्ताङ जिल्लाको उपल्लो भागका केही िवद्यालयमा भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ ।

पुरा पढ्नुहोस्

मुस्ताङमा नेकपा (एमाले) विजयी

मेचीकाली : 2017-12-08 10:38:36

पोखरा, २२ मंसिर : पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

कागबेनी दुर्घटनाका घाइते काठमाडौँ पठाइयो

मेचीकाली : 2017-10-04 13:59:42

मुस्ताङ १८ असोज : तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई आज बिहान काठमाडौँ पठाइएको छ ।दुर्घटनामा घाइते भएका २० जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, तीनको मृत्यु

मेचीकाली : 2017-04-22 14:36:27

मुस्ताङ, ९ वैशाख : जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना भन्दा बढी घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

बेनी–जोमसोम सडक अवरुद्ध

मेचीकाली : 2017-04-20 08:46:44

मुस्ताङ, ७ वैशाख : बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु