Tuesday, 19 December 2017 02:15 am, Nepal

'चुनावपछि राजनीतिक भुमरीको अन्त्य'

मेचीकाली : 2017-11-16 17:18:29

रुपन्देही, ३० कात्तिक : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखिको राजनीतिक भुमरीको अन्त्यका लागि वाम गठबन्धन निर्माण गरिएको बताउनुभएको छ । अध्यक्ष दाहालले चुनावपछि लामो समयदेखि विद्यमान राजनीतिक भुमरीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक अस्थिरताका कारण मुलुकमा चाहेअनुरुपको विकास र स्थायित्व आउन नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन गरिएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

किसानका मिर्गाैलामा समस्या

मेचीकाली : 2017-11-15 13:46:20

बुटवल, २९ कात्तिक : शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलाको समस्या देखिएको छ । खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाका माध्यमबाट बाहिरिने हुँदा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो ।

पुरा पढ्नुहोस्

थाइ राजकुमारी लुम्बिनीमा

मेचीकाली : 2017-10-20 17:18:18

बुटवल, ३ कात्तिक : थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउनुभएको छ । राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ पुग्नुभएकी राजकुमारी सिरिनधोरन् त्यहाँबाट बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी आउनुभएको हो । राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्ट पाहुना पनि भ्रमण दलमा रहेका छन् ।

पुरा पढ्नुहोस्

तिलोत्तमाको बजेट रु एक अर्ब ६९ लाख

मेचीकाली : 2017-08-17 11:34:31

तिलोत्तमा, १ भदौ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०७४/७५ का लागि रु एक अर्ब ६९ लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले बुधबार रु एक अर्ब ६९ लाख ५५ हजार ६८९ को बजेट प्रस्तुत गर्नुभएको हो । मंगलबार नगरसभा बैठकले नीति, मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट बुधबार बैठकमा पेश भएको हो ।

पुरा पढ्नुहोस्

केन्द्र र प्रदेशको चुनाव एकैदिन सम्भव : अध्यक्ष प्रचण्ड

मेचीकाली : 2017-08-09 16:12:26

बुटवल, २५ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ ।पे्रस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु