Wednesday, 18 October 2017 11:28 am, Nepal

कपिलवस्तुमा बम विस्फोट

मेचीकाली : 2017-06-18 18:44:40

कपिलवस्तु, ४ असार : कपिलवस्तुको  बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । विस्फोटबाट  ९ जना घाइते भएका छन् ।  नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ताको क्रम चलिरहेको समयमा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् ।

पुरा पढ्नुहोस्

बेपत्ता प्रहरी हबल्दारको शव फेला

मेचीकाली : 2017-05-30 13:34:31

कपिलवस्तु, १६ जेठ : एक साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव आज फेला परेको छ । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा रहेको जवाइ खोलाको किनारमा हबल्दार एकबहादुर खासुको शव फेला परेको हो खरेन्द्रपुरका महिलाले जङ्गलमा साग टिप्न गएका बेला शव देखेर वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेका थिए ।

पुरा पढ्नुहोस्

जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते

मेचीकाली : 2017-05-08 11:18:13

कपिलवस्तु, २५ वैशाख : कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह

मेचीकाली : 2017-03-25 08:44:47

कपिलवस्तु, १२ चैत : मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

कृष्णनगरमा गोली चल्दा दुई प्रहरी हवल्दार घाइते

मेचीकाली : 2016-12-29 17:10:40

कपिलवस्तु, १४ पुस : कृष्णनगर भन्सार नाका नजिकैको लक्ष्मीनगर नाकामा आज अपरिचित व्यक्तिले चलाएको गोलीबाट दुई प्रहरी घाइते भएका छन् । भन्सार क्षेत्र नजिकको सो दशगजा क्षेत्रमा गोली चल्दा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु