Friday, 27 April 2018 10:27 am, Nepal

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

मेचीकाली : 2018-03-28 08:36:17

नवलपरासी, १४ चैत : पूर्वी नवलपरासीको केरुङ्गे खोलामा झोलुङ्गे पुल बनेपछि पहाडी भेगका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ । हुप्सेकोट गाउँंपालिका र कावासोती नगरपालिका जोड्ने खोलामा चार वर्ष लगाएर पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।

पुरा पढ्नुहोस्

उखु उत्पादनमा कमी

मेचीकाली : 2018-01-06 16:37:19

नवलपरासी, २२ पुस : नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । उखु खेती छाडेर केरा तथा तरकारी खेतीसहित अन्य खेतीतर्फ किसान आकर्षित भएपछि उत्पादनमा कमी आएको हो । पाँच वर्ष अघिसम्म वार्षिक रुपमा ३० लाख क्वीन्टल उखु उत्पादन हुने पश्चिम नवलपरासीमा क्रमशः उत्पादनमा कमी हुँदै आएको हो । गत वर्ष करिब २० लाख क्वीन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यो वर्ष १५ लाख क्वीन्टल मात्र उखु उत्पादन भएको उखु उत्पादक समितिले जनाएको छ ।

पुरा पढ्नुहोस्

साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

मेचीकाली : 2017-10-24 13:11:30

नवलपरासी, ७ कात्तिक : तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् । सामाजिक चेतनाको कमी, गरिबी र बढ्दो महँगीले केही बालबालिका विद्यालय जानबाट वञ्चित छन् भने केहीले प्राथमिक तहमै विद्यालय छोड्ने गरेका छन् ।

पुरा पढ्नुहोस्

एमाले फेरि पहिलो पार्टी हुन्छ : सचिव ज्ञवाली

मेचीकाली : 2017-09-28 13:33:12

नवलपरासी, १२ असोज : नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्नुभएको छ । नवलपरासीमा नेकपा (एमाले), सुनवल नगर कमिटीले बुधबार सुनवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा

मेचीकाली : 2017-09-23 11:03:40

नवलपरासी, ७ असोज : महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् । पानीको निकास नहुँदा त्रिवेणीमा सधैँ समस्यामा परेको र विकल्पका लागि धेरै पटक माग गरिए पनि सुनुवाइ नभएको सरोकार भएकाहरु बताउँछन् । त्रिवेणीमा चुरे पहाडबाट बगेर आउने पानीको निकास नभएका कारण त्रिवेणी क्षेत्रका करिब दुई हजार घरधुरी वर्षेनी प्रत्यक्ष रुपमा मारमा पर्दै आइरहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु