Wednesday, 18 October 2017 11:25 am, Nepal

वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

मेचीकाली : 2017-10-05 13:31:20

पाल्पा, १९ असोज : अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ । वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बस्नुभएकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उहाँ वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थाल्नु भएको छ ।

पुरा पढ्नुहोस्

सिद्धबाबामा सडक अवरुद्ध ,ढुंगा खस्दा दुई घाइते

मेचीकाली : 2017-10-04 14:00:56

पाल्पा, १८ असोज : सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित आज पहिरो खस्दा दुईजना घाइते भएका छन् । घाइतेको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई ढुंगा खस्दा घाइते भएका हुन ।

पुरा पढ्नुहोस्

वडा सचिवले भत्ताको चेक बोकेर सम्पर्कमै आएनन्

मेचीकाली : 2017-09-28 13:29:21

पाल्पा, १२ असोज : पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन ।वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिब रु १७ लाखको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताउनुभयो ।

पुरा पढ्नुहोस्

मैनादीबाट दैनिक ५५ सय किलो गोलभेँडा निकासी

मेचीकाली : 2017-08-28 16:36:42

पाल्पा, १२ भदौ : पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ अन्तर्गत पर्ने मैनादीको एउटा टोलबाट दैनिक पाँच हजार ५०० किलो गोलभेँडा निकासी हुन थालेको छ । उक्त टोलबाट दैनिक ठूलो मात्रामा गोडभेँडा पोखरा, स्याङ्जा, रुपन्देहीमा निकासी हुँदै आएको छ । बीस दिनको अवधिमा दैनिक पाँच हजार किलोसम्म गोलभेँडा उत्पादन भइ पाँच लाखसम्म आम्दानी गाउँमा भित्रिएको छ ।

पुरा पढ्नुहोस्

रैनादेवी छहरा गापाको बजेट रु ३९ करोड ५५ लाख

मेचीकाली : 2017-08-18 10:57:22

पाल्पा, २ भदौ : रैनादेवी छहरा गाउँपालिकाले यस आवमा रु ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनसहितको पूर्वाधार उज्यालो रैनादेवी छहरा हाम्रो आधार’ भन्ने नारासहित रैनादेवी छहरा गापाको छ दिनसम्म चलेको प्रथम गाउँ सभाबाट पारित गरिएका बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले पत्रकार सम्मेलनको आयोजना गरी विहिबार सार्वजनिक गरिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु